default_image

2 years ago

October 1, 2023

एपेक्स कपमा एसिइ कलेज विजयी

356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तल्लो मुलपानी क्रिकेट मैदानमा जारी एपेक्स आइसिसी कपमा आइतबार एसिइ कलेज ३ रनले विजयी भएको छ । जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको इस्लिङटन कलेजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनायो ।

इस्लिङटनका प्रथम अग्रवालले सर्वाधिक ३८ बलमा ३२ रन बनाए । मनिल तिमिल्सिना र प्रथम भट्राईले १२ बलमा २२ रन बनाए । एसिइ कलेजका हर्ष पोदारले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । विज्ञान भट्टाराई र आयुषले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसिई कलेजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो । उसका लागि रेउल श्रेष्ठले ४१ बलमा सर्वाधिक २९ रन बनाए । हर्ष पोदारले १२ र अमन शाहले ९रन बनाए । इस्लिङटनका सुभम शाहलले २, सुयश ढकाल र आदेश श्रेष्ठले समान एक विकेट लिए ।

प्रतियोगितामा १६ टोली छन् । चार समूहमा विभाजन गरिएको छ । हरेक टोलीका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.