default_image

2 years ago

October 2, 2023

‘देशको लागि एउटा मेडल जित्नुछ’- अभिनाश

993 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर अभिनाश बोहराले १९ औं एसियाली खेलकुद (एसियाड) मा देशको लागि एउटा मेडल जित्ने लक्ष्य भएको बताएका छन् । आइतबार माल्दिभ्सलाई १ सय ३८ रनले हराउन कीर्तिमानी ६ विकेट लिएपछि अभिनाशले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘एकदमै राम्रो लागेको छ । पाँच विकेट लिने सोच थियो । त्यसैले राम्रो लागेको छ’, कीर्तिमानी ६ विकेट लिएपछि अभिनाशले भने । उनी टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी हुन् । यसअघि करण केसी र सन्दीप लामिछानेले टि२० आईमा एकै खेलमा ५-५ विकेट लिएका छन् ।

अभिनाश माल्दिभ्सविरुद्ध दुई पटक ह्याट्रिक नजिक पुगेका थिए । तर त्यो सफलता पूरा गर्न सकेनन् । ह्याट्रिक भएको भए झनै राम्रो हुने अभिनाश बनाउँछन् ।

‘त्यो ह्याट्रिक भएको भए अरु राम्रो लाग्थ्यो । त्यो नहुँदा केहि निराशा छ’, उनले भने । नेपालले अभिनाशलाई टि२० विशेष खेलाडीको रुपमा खेलाउँदै आएको छ । त्यसैले २०२२ अप्रिलमा टियुमा पपुवा न्युगिनीसँग टि२० आई खेल खेलेपछि उनी टोलीमा थिएनन् । नेपालले पछिल्लो समय लगातार ओडिआई खेलेको हुँदा उनले मौका पाउन सकेका थिएनन् ।

‘पहिलो खेलमा खेल्दा मलाई त्यस्तो लागेको थिएन । तर माल्दिभ्ससँगको खेल खेलमा आफ्नो पूरानो लय फर्किएको जस्तो अनुभव भयो मलाई’, उनले भने ।

नेपालले क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश मध्य एकसँग खेल्ने हो । टेस्ट टोलीसँग खेल्ने उनी एउटा राम्रो अवसर भएको बताउँछन् । ‘राम्रो टोलीसँग खेल्ने एउटा अवसर हो । हाम्रो लागि राम्रो खेलपनि हुन्छ । एउटा मेडल यहाँदेखी जित्नुछ । जस्तो सुकै टिम होस् लक्ष्य जित्ने नै हो । राम्रो खेल्नुछ । देशको लागि एउटा मेडल जित्नुछ’, अभिनाशले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.