default_image

8 months ago

October 4, 2023

विश्वकप उपाधि जित्न सक्ने पाँच टोली

7704 views

0 Bookmark

एजेन्सी – क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप बिहीबार देखी भारतमा सुरु हुँदैछ । सबै टोलीले विश्वकपको लागि आफ्नो तयारी सकाएका छन् । चार वर्षको अन्तरमा हुने विश्वकपमा १० टोलीको सहभागीता छ । नेदरल्यान्ड्स यस संस्करणको विश्वकप खेल्ने एक्लो एसोसिएट देश हो ।

नेदरल्यान्ड्सले ग्लोबल विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्ड जस्ता देशलाई स्तब्ध पार्दै विश्वकपमा स्थान बनाएको हो । विश्वकपमा प्रमुख टोलीको लक्ष्य उपाधि नै हुन्छ । अन्य टोलीको लक्ष्य उत्कृष्ट क्रिकेट र सेमिफाइनल हुनेछ । कुनैपनि टोली कस्तो छ उसको पछिल्लो समयको प्रदर्शन र टोलीमा भएका खेलाडी हेरेर थाहा हुन्छ ।

विश्वकप जित्न ब्याटिङ र बलिङ राम्रो भएर मात्रै हुँदैन । स्टार खेलाडीको बाहुल्यता ले मात्रै कुनैपनि टोली विश्वकप च्याम्पियन बन्न सक्दैन । टोलीमा सबै कुरा मिलेको हुनुपर्छ । सबै कुरा मिलाउन कमै टोलीले सक्छन् । कप्तानी गुण सबैभन्दा महत्वपूर्ण हुन्छ ।

सबै टोलीका खेलाडी, पछिल्लो समयको प्रदर्शन, कप्तानी नेतृत्व, टिम सन्तुलन, कन्डिसन हेर्दा २०२३ को विश्वकपमा उपाधि जित्न सक्ने प्रमुख पाँच दाबेदार टोली यस प्रकार छन् ।

५. न्युजिल्यान्ड

न्युजिल्यान्ड विश्वकपमा राम्रो प्रदर्शन गर्ने टोली हो । सिरिजमा कमजोर प्रदर्शन गरेपनि विश्वकपमा सानदार प्रदर्शन गर्दै आएको छ । पछिल्ला दुबै एकदिवसीय विश्वकपको फाइनलमा पुगेर हार्न पुगेको छ । न्युजिल्यान्ड तेस्रो पटक फाइनलमा पुग्दै उपाधि जित्न चाहन्छ ।

२०१९ को विश्वकपको सुपर ओभर पनि टाई भएपछि चौका र छक्का इंग्ल्यान्डले भन्दा कम प्रहार गरेको कारण हार्न पुगेको थियो । २०२१ को टि२० विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो । कुनैपनि टोलीले राम्रो प्रदर्शन गर्न कप्तानी नेतृत्व उत्कृष्ट हुनुपर्छ ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन वर्तमान समयका उत्कृष्ट कप्तान हुन् । उनले आफ्नो कप्तानीमा विपक्षी टोलीलाई निराश बनाउन सक्छन् । अर्कोतर्फ न्युजिल्यान्डको टोलीमा लगातार एकै खेलाडी खेल्दै आएका छन् । विलियम्सन, टिम साउथी, ट्रेन्ट बोल्ट, मिचेल सान्टनार, म्याट हेनरी, टम लाथम, इश सोधी लगायतका खेलाडी लगातार खेल्दै आएका छन् ।

न्युजिल्यान्डको मुख्य हतियार तीव्र गतिको बलिङ आक्रामण हो । साउथी र बोल्ट्रको जोडी पुन नायक बन्नसक्छन् । ब्याटिङमा डर्याल मिचेलले सानदार प्रदर्शन गर्दै आएका छन् । मिचेल, केन विलियम्सन, डेभन कन्वे, ग्लेन फिलिप्स, मार्क च्यापम्यान र टम लाथम जस्ता खेलाडी हुँदा ब्याटिङ मजबुत देखिन्छ ।

कुनैपनि टोलीमा स्टार खेलाडी भएर मात्रै जित्न सकिदैन । कप्तानले लिने निर्णयले धेरै फरक पार्छ । विलियम्सन हारेको खेल पनि जिताउन सक्ने खुबी राख्ने कप्तान हुन् । विलियम्सन त्यतिनै उत्कृष्ट ब्याटर पनि हुन् । उनले विपक्षी टोली र कन्डिसन अनुसार ब्याटिङ गर्ने गर्दछन् ।

न्युजिल्यान्डका सवैभन्दा भरपर्दा ब्याटर उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । विलियम्सन, डेभन कन्वे र डर्याल मिचेल टोलीमा हुँदा ब्याटिङ पनि मजबुत बनेको छ । विलियम्सनको चतुर दिमागसँगै सन्तुलित टिमको कारण न्युजिल्यान्ड उपाधि दाबेदार मानिन्छ ।

न्युजिल्यान्डको टोली :

केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम (उपकप्तान तथा विकेटकिपर), डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनार, ईश सोधी, टिम साउथी र विल योंग ।

४. पाकिस्तान

पाकिस्तान उपाधिको एक दाबेदार टोली हो । उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामण, मिल्दो कन्डिसन र बाबर आजमको ब्याटिङमा उपाधि जित्ने सम्भावना छ ।

तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र मोहम्मद वासिम जुनियरको बलिङ खेल्न विपक्षीलाई सहज हुनेछैन । यी तीन बलरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

ब्याटिङमा वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजम छन् । ओडिआई वरियताका नम्बर वान ब्याटर बाबर एक्लै सहज जितको आधार बनाउन सक्छन् । उनलाई मोहम्मद रिजवानले साथ दिनेछन् । रिजवान र बाबरको जोडीले पुन पाकिस्तानलाई विश्वकपमा सानदार प्रदर्शन गराउन सक्छन् । बाबर र रिजवान जस्ता भरपर्दा ब्याटर टोलीमा हुँदा उपाधि दाबेदार मानिन्छ ।

अलराउन्डर शादब खान, इफ्तिखर अहमद, फखार जमान, अब्दूल्लाह शफिक र साउद सकिल ब्याटरको रुपमा छन् । स्पिन आक्रामणमा सादब र मोहम्मद नवाज हुनेछन् । अर्कोतर्फ भारत र पाकिस्तानको कन्डिसन मिल्दोजुल्दो छ ।

२०१९ को विश्वकपमा पाकिस्तान नेटरनरेटको कारण सेमिफाइनलमा पुग्न सकेको थिएन । पछिल्ला दुई टि२० विश्वकपमा पाकिस्तानले राम्रो प्रदर्शन गरेको छ । २०२१ को सेमिफाइनल र २०२२ को फाइनलमा पराजित भएको थियो । यस पटक पाकिस्तान उपाधिका साथ घर फर्किन चाहन्छ । पाकिस्तानले यसअघि १९९२ मा विश्वकप उपाधि जितेको थियो ।

पाकिस्तानको टोली :

फखार जमान, इमाम उल हक, अब्दुल्लाह शफिक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, अघा सलमान, मोहम्मद नवाज, शादब खान, उस्मा मिर, शाहिन शाह अफ्रिदी, हरिस रौफ, मोहम्मद वासिम जुनियर र हसन अली ।

३. इंग्ल्यान्ड

इंग्ल्यान्ड लगातार दोस्रो पटक विश्वकप जित्ने सोचमा छ । ओडिआई क्रिकेट खेल्ने शैलीनै विश्वमा परिवर्तन गरेको इंग्ल्यान्डको मुख्य हतियार नै ब्याटिङ हो । ब्याटिङ इंग्ल्यान्डको सधैं हतियार हुने गर्दछ । अन्तिम ९/१० नम्बर सम्म आउने खेलाडी राम्रो ब्याटिङ गर्दछन् ।

इंग्ल्यान्डको ब्याटिङमा जो रुट, जोनी बेयरस्टो, जस बटलर, डेविड मलान, लियाम लिभिङस्टोन, जो रुट र बेन स्टोक्स जस्ता खेलाडी छन् । स्टोक्स बिग म्याच प्लेयर हुन् । अर्थात सेमिफाइनल र फाइनल जस्ता दबाबमा राम्रो प्रदर्शन गर्न सक्छन् । विश्वकप जित्ने लक्ष्यका साथ स्टोक्सलाई सन्न्यास फिर्ता हुन लगाएको थियो ।

खराब सुरुवात गर्दापनि इंग्ल्यान्डले विशाल योगफल बनाउन सक्छ । बलिङले राम्रो नगर्दा पनि विशाल लक्ष्य पूरा गर्ने क्षमता इंग्ल्यान्डमा छ । अर्कोतर्फ विश्वकपको दबाब फरक हुन्छ ।

त्यो दबाबमा खेलेको धेरै खेलाडीमा अनुभव छ । अर्कोतर्फ २०१९ मा विश्वकप जित्दा ९ खेलाडी अहिले टोलीमा छन् । टिममा एक अर्का खेलाडीको बारे सबैलाई राम्रो जानकारी छ । इंग्ल्यान्डको लागि यो अतिरिक्त बलियो पक्ष हो ।

तीव्र गतिका बलर साम करन, डेविड विल्ली र क्रिस वोक्स त्यतिनै राम्रो ब्याटिङ गर्दछन् । स्पिनर मोईन अली र आदिल राशिद पनि ब्याटिङका लागि चिनिन्छन् । इंग्ल्यान्डको बलिङ आक्रामण पनि मजबुत छ ।

मार्कवुड, साम करन, रिस टोप्ली र क्रिस वोक्स हुनेछन् । लिभिङस्टोन, बटलर, बेयरस्टो र बेन स्टोक्स विष्फोटक ब्याटर हरेक टोलीले आफ्नो टिममा राख्न रुचाउँछन् । यी चार ब्याटर त्यस्ता खेलाडी हुन् जसले एकै ओभरमा खेललाई मोड्न सक्छन् ।

इंग्ल्यान्डले २०२२ को टि२० विश्वकप जितेको हुँदा मनोबल उच्च छ । टोलीमा म्याच विनर अनुभवी ब्याटर र उत्कृष्ट ब्याटिङ लाइनप हुँदा इंग्ल्यान्ड उपाधिको बलियो दाबेदार देखिन्छ ।

इंग्ल्यान्डको टोली :

जस बटलर (कप्तान), मोईन अली, गस एटकिन्सन, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, बेन स्टोक्स, रिस टोप्ली, डेविड विल्ली, मार्क वुड र क्रिस वोक्स ।

२. भारत

भारतलाई घरेलु मैदान र दर्शकको फाइदा उठाउदै विश्वकप उपाधि खडेरी तोड्ने यो सबैभन्दा राम्रो अवसर हो । भारतले २०११ मा महेन्द्रसिंह धोनीकै कप्तानीमा घरेलु मैदानमा विश्वकप जितेको थियो । त्यसपछि भारतले विश्वकप जित्न सकेको छैन ।

सिरिजमा राम्रो प्रदर्शन गरेपनि भारत चुक्दै आएको छ । विशेषगरी भारतले सेमिफाइनल र फाइनलमा पुगेर हार्दै आएको छ ।
भारतलाई विश्वकप उपाधि जित्ने सबैभन्दा ठूलो दबाब पनि छ । घरेलु मैदानमा कुनैपनि टोली अतिरिक्त मजबुत हुन्छ । भारतले पछिल्लो समय राम्रो क्रिकेट खेल्दै आएको छ ।

भारतलाई घरेलु मैदानमा हराउन सक्ने निकै कम टोली छन् । अघिल्लो महिना एसिया कप जितेको भारतको ब्याटिङ आक्रामण मजबुत छ । विराट कोहली, रोहित शर्मा, शुभमन गिल, लोकेश राहुल र श्रेयस ऐर जस्ता ब्याटर छन् । कोहली र रोहित ओडिआई इतिहासका एक सफल ब्याटर हुन् ।

यी दुई ब्याटरको यो अन्तिम एकदिवसीय विश्वकप हुने पक्काछ । युवा ब्याटर शुभमन गिलले लगातार राम्रो खेल्दै आएका छन् । भारतसँग अलराउन्डरमा रविन्द्र जडेजा र हार्दिक पान्ड्या छन् । तीव्र गतिका बलरमा जस्प्रित बुमराह, मोहम्मद शामी र मोहम्मद शिराज हुनेछन् ।

शिराजले लगातार राम्रो खेल्दै आएका छन् । बुमराह पनि लयमा छन् । बुमराह र शिराजको जोडी घातक बन्नसक्छन् । भारतमा खेल हुँदा स्पिनर बढी सहयोगी हुन्छ । कुलदीप यादव र रविन्द्र जडेजाको स्पिन खेल्न सहज हुनेछैन । भारत उपाधिको दाबेदार मानिन्छ । भारतले यसअघि १९८३ र २०११ मा विश्वकप उपाधि जितेको थियो ।

भारतको विश्वकप टोली

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, मोहम्मद शामी, रविन्द्रन आश्विन, ईशान किशन र सूर्यकुमार यादव ।

१. अष्ट्रेलिया

अष्ट्रेलिया विश्वकपमा सबैभन्दा सफल टोली हो । पाँच पटक विश्वकप जित्ने एक्लो टोली अष्ट्रेलियाको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट छ । अष्ट्रेलियाले विश्वकप जित्ने मुख्य आधार भनेको म्याच विनर अलराउन्डर हुनु हो ।

कहिले काहिँ प्रमुख ब्याटर र बलरको दिन नराम्रो हुनसक्छ । यो अवस्थामा अलराउन्डरको प्रदर्शन सधैं महत्वपूर्ण हुन्छ । अष्ट्रेलियासँग ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस र क्यामरन ग्रीन जस्ता म्याच विनर अलराउन्डर छन् । यी तीन खेलाडीले ब्याटिङ र बलिङ दुबैमा जित सहज बनाउन सक्छन् ।

ब्याटिङमा स्टिभ स्मिथ, डेविड वार्नर, मिचेल मार्श र मार्नस लाबुसेन जस्ता विश्वस्टार प्रमुख ब्याटर छन् । यी चार मध्य एक चलेको खण्डमा पनि जित सहज हुनसक्छ । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका ट्रविस हेड पनि नायक बन्नसक्छन् । तीव्र गतिका बलरमा मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेजलवुड छन् । यी तीन बलरको गतीमा खेल्न कुनैपनि टोलीलाई सहज हुँदैन ।

अर्कोतर्फ स्टार्क विश्वकपमा सधैं नायक बन्ने खेलाडी हुन् । २०१५ को विश्वकपमा स्टार्कले २२ विकेट लिँदै उपाधि सहज बनाएका थिए । २०१९ को विश्वकपमा २७ विकेट लिँदै सेमिफाइनल सम्म पुर्याएका थिए । दुबै विश्वकपमा सर्वाधिक विकेट लिने बलर हुन् ।
अष्ट्रेलियालाई विश्वकप कसरी जित्ने राम्रोसँग थाहा छ । बिग म्याच प्लेयर स्टिभ स्मिथ, मिचेल मार्श र स्टार्क जस्ता खेलाडी हुँदा विश्वकपको प्रमुख दाबेदार मानिन्छ । विश्वकपको दबाबमा अष्ट्रेलिया खेलाडीलाई राम्रोसँग थाहा छ । त्यसैले पुन उपाधि जित्न चाहन्छन् । अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो ।

अष्ट्रेलियाको विश्वकप टोली :

प्याट कमिन्स (कप्तान), शन एबोट, एलेक्स केरी, क्यामरन ग्रीन, ट्रविस हेड, जोश इंग्लिस, मार्नस लाबुसेन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर र एडम जाम्पा ।

May 17, 2024

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो । नेपालको जितमा कुशल […]

May 17, 2024

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्ने भएको हो । नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल्नेछ । नेपालले २७ मेमा क्यानडा विरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना […]

May 16, 2024

गुजरातविरुद्ध खेल रद्द, हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली

एजेन्सी – सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । गुजरात टाईटन्स विरुद्धको बिहीबारको खेल वर्षाका कारण टस नै नभई रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने पक्का भएको हो । तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ […]

Success

Thank you for your time.