default_image

2 years ago

October 2, 2023

नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

6567 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा मंगलबार बिहान भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ ।

भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपाल र भारतबीचको खेलमा प्रभाव जमाउन सक्ने दुबै टोलीका प्रमुख तीन खेलाडी यस प्रकार छन् ।

३. कुशल मल्ल(अलराउन्डर)

कुशल मल्ल खेलका प्रभाव जाउन सक्ने नेपालका अलराउन्डर हुन् । कुशलले मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित सर्वाधिक १ सय ३७ रन बनाएका थिए । जसक्रममा ३४ बलमै शतक हानेका थिए । कुशल टि२० आई इतिहासकै सर्वाधिक छिटो शतक हान्ने ब्याटर हुन् ।

उनले डेविड मिलर र रोहित शर्माको समान ३५ बलको शतक तोडेका थिए । माल्दिभ्सविरुद्ध तल्लोक्रममा ब्याटिङ गर्दै २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रन बनाएका थिए । बायाँ हाते अलराउन्डर कुशल तेस्रो नम्बरमा खेल्नेछन् ।

विष्फोटक ब्याटिङको क्षमता राख्ने उनी निडर रुपमा प्रस्तुत हुने गर्दछन् । भारतीय बलरविरुद्ध पनि कुशल हाबी हुन सक्छन् । कुशल नेपालको पार्टटाइम स्पिनर समेत हुन् । राम्रो लयमा रहेका कुशल भारतविरुद्ध हाबी हुन सक्छन् ।

३. तिलक बर्मा (अलराउन्डर)

भारतीय युवा अलराउन्डर तिलक बर्मा ठूलो सम्भावना बोकेका खेलाडी हुन् । आइपिएलमा मुम्बई इन्डियन्सबाट सानदार प्रदर्शनका साथ गत अगष्टमा वेस्टइन्डिजविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए ।

बर्मा मध्यक्रममा आक्रामक ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछन् । उनले एक ओडिआई र ७ टि२० आई खेलेका छन् । नेपालविरुद्ध उनी घातक बन्नसक्ने खेलाडी हुन् ।

२. दीपेन्द्र सिंह ऐरी (अलराउन्डर)

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि२० आईमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । टि२० आईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी दीपेन्द्र भारतविरुद्ध हाबी हुनसक्छन् ।

दीपेन्द्रले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक हानेका थिए । उक्त कीर्तिमान अव कहिल्यै तोडिने छैन । दीपेन्द्रले दुई महिना अघि ग्लोबल टि२० क्यानडा खेल्दै राम्रो अलराउन्ड प्रदर्शन गरेका थिए । दीपेन्द्रले ब्याटिङसँगै स्पिन बलिङ र फिल्डिङ पनि त्यतिनै उत्कृष्ट प्रदर्शन गर्ने गर्दछन् ।

नेपालका थ्री डि क्रिकेटर दीपेन्द्रबाट नेपाल सानदार प्रदर्शन चाहन्छ । एसिया कपमा अघिल्लो महिना दीपेन्द्रले भारतविरुद्ध २५ बलमा २९ रन बनाएका थिए ।

२. अर्शदीप सिंह (बलर)

बायाँ हाते तीव्र गतिका बलर अर्शदीप सिंह भारतीय टि२० आई टोलीका नियमित सदस्य हुन् । उनले ३३ टि२० आई खेलमा ५० विकेट लिई सकेका छन् ।

अर्शदीप सिंह स्वींग र योर्करका लागि चिनिन्छन् । अर्शदीप डेथ ओभरमा ६ बलमा ६ नै योकर फ्याँक्न सक्ने खुबी राख्छन् । अर्शदीपमा टि२० विश्वकपसँगै भारतीय टोलीबाट खेलेको राम्रो अनुभव छ । बायाँ हाते तीव्र गतिका बलरविरुद्ध नेपालको इतिहास त्यति राम्रो छैन । अर्शदीपको योर्कर खेल्न नेपाली ब्याटरलाई सहज हुनेछैन ।

१.सोमपाल कामी (बलिङ अलराउन्डर)

नेपालका तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी खेलमा प्रभाव जमाउन सक्ने खेलाडी हुन् । सोमपाल नेपालका प्रमुख बलर हुन् । नयाँ बलका साथ उनले बलिङ गर्ने छन् । पावर प्लेमा उनीबाट राम्रो प्रदर्शन चाहन्छ ।

अर्कोतर्फ सोमपाल राम्रो ब्याटिङ क्षमता भएका खेलाडी हुन् । स्पिन नेपालका सबै ब्याटरले राम्रो खेल्छन् । तीव्र गतिका बलरमा भने केहि संघर्ष गर्दै आएका छन् ।

तर सोमपालले तीव्र गतिको बलिङ पनि त्यतिनै राम्रो खेल्ने गर्दछन् । सोमपालले एसिया कपमा भारतविरुद्ध ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रन बनाएका थिए । त्यस्तै पाकिस्तानका शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिश शाहको तीव्र गतिको बलिङ आक्रामण सामु सोमपालले ४६ बलमा ४ चौकासहित २६ रन बनाएका छन् ।

सोमपाल वर्तमान टोलीका सर्वाधिक अनुभवी खेलाडी हुन् । ठूला टोलीविरुद्ध राम्रो प्रदर्शन गर्दै आएका छन् । भारतविरुद्ध पनि सोमपालले राम्रो प्रदर्शन गर्न सक्छन् ।

१. यशस्वी जैसवाल

युवा ब्याटर यशस्वी जैसवाल भारतीय क्रिकेटमा आगमी दिनका ब्याटिङका खम्बा हुन् । घरेलु क्रिकेट, उमेर समूह आइपिएल हुँदै भारतीय टोलीबाट खेलि सकेका छन् । बायाँ हाते ब्याटर जैसवाल ओपनिङका साथ आक्रामक रुपमा ब्याटिङ गर्ने गर्दछन् ।

पावर प्लेमा उनको रनको गीत रोक्न जुनसुकै बलरलाई कठिन पर्छ । गत सिजनको आइपिएलमा राजस्थान रोयल्सबाट कोलकाताविरुद्ध १३ बलमै अर्धशतक हानेका थिए । भारतीय टोलीबाट जैसवालले २ टेस्ट र ५ टि२० आई खेलि सकेका छन् ।

टेस्टको डेब्यू खेलमै वेस्टइन्डिजविरुद्ध १ सय ७१ रन बनाएका थिए । गत अगष्टमा जैसवालले वेस्टइन्डिजविरुद्ध चौथो टि२० आई खेलमा ५१ बलमा ११ चौकार ३ छक्कासहित ८४ रनको इनिङ खेलेका थिए । युवा सुपर स्टार जैसवाल नेपालविरुद्ध हाबी हुनसक्ने भारतीय हतियार हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.