2 years ago
October 3, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – भारतीय बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल खेलमा नेपालविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । जैसवालले २२ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक प्रहार गरेका छन् ।

झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले ८ ओभरमा कुनै विकेट नगुमाई ८४ रन बनाएको छ । जैसवाल ३१ बलमा ५ चौका र ५ छक्कासहित ६५ रनमा क्रिजमा छन् ।
ऋतुराज गायकवाड १७ बलमा २ चौकासहित १४ रनमा क्रिजमा छन् । करणले २ ओभरमा २३ रन खर्चेका छन् । सन्दीपले १ ओभरमा १३ रन खर्चेका छन् । सोमपाल कामीले २ ओभरमा २२ रन खर्चेका छन् । अभिनाशले १ ओभरमा ७ रन खर्चेका छन् । दीपेन्द्रले २ ओभरमा १६ रन खर्चेका छन् ।
नेपालको प्लेइङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
भारतको प्लेइङ ११ –
ऋतुराज गायकवाड(कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह,जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]