default_image

8 months ago

October 3, 2023

भारतविरुद्ध खेलमा फर्किदै नेपाल

608 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल भारतविरुद्ध तेस्रो विकेट लिँदै खेलमा फर्किने सम्भावना देखाएको छ ।

झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले १३ ओभरमा ३ विकेट गुमाउदै १ सय १९ रन बनाएको छ ।

यशस्वी जैसवाल ४० बलमा ६ चौका र ६ छक्कासहित ८१ रनमा क्रिजमा छन् । नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भए ।

सुरुवात देखीनै संघर्ष गरेका गायकवाड २३ बलमा ४ चौकासहित २५ रनमा आउट भए । पहिलो विकेटका लागि जैसवाल र गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए । तर लगातार विकेट गुमाएपछि रनको गतिमा ब्रेक लागेको छ ।

तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे । तिलक बर्माले १० बल खेलेका थिए । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए । शिबम दुबे क्रिजमा आएका छन् ।

May 26, 2024

कोलकातालाई तेस्रो आइपिएल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा […]

May 26, 2024

ह्युस्टनमाथि नेपालको जित

ह्युस्टन (हाम्रो खेलकुद) – टि ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ । शनिबार जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो । ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ […]

May 26, 2024

ह्युस्टनसँग चलेन नेपालको ब्याटिङ

ह्युस्टन (हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीले दोस्रो टि ट्वान्टी अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन […]

Success

Thank you for your time.