default_image

9 months ago

October 3, 2023

नेपालले दोस्रो विकेट गुमायो

717 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेल एसियाली खेलकुद (एसियाड) को पहिलो क्वाटरफाइनल खेलमा भारतविरुद्ध आउट भएका छन् । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ७३ रन बनाएको छ ।

कुशल मल्ल १९ बलमा २ चौका र २ छक्कासहित २८ रनमा क्रिजमा छन् । नेपालका कुशल भुर्तेल ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर आवेश खानको सर्ट बलमा आसिफ आउट साइड एज लागेर विकेटकिपर जितेश शर्माबाट १० रनमा क्याच आउट भए । आसिफले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । डेब्यू खेलेका स्पिनर साई किशोरको बलमा स्कुप खेल्ने धुनमा कुशल भुर्तेल क्याच आउट भएका थिए ।

त्यसअघि झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतका यशस्वी जैसवालले ४९ ओभरमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

June 15, 2024

नेपाल पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै

किङ्स टाउन/सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेल स्थानीय समय अनुसार आज साँझ ७ः३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजे) आर्नस भेल स्टेडियममा सुरु हुनेछ । दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ […]

June 14, 2024

अमेरिका विश्वकपको सुपर एटमा, पाकिस्तान बाहिरियो

एजेन्सी – अमेरिका आइसिसी टि-२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो । उता दुवै टोलीले अंक […]

June 14, 2024

इङ्ल्यान्डसँग ओमान चौथो ओभरमै पराजित

एजेन्सी – ओमानले दिएको लक्ष्य चौथो ओभरमै पूरा गर्दै इङ्ल्यान्डले आइसिसी टि-२० विश्वकपमा सुपर एटमा पुग्ने सम्भावना कायमै राखेको छ । इङ्ल्यान्डले शुक्रबार बिहान ओमान माथि ८ विकेटको जित दर्ता गरेको हो । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इङ्ल्यान्डले ३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । इङ्ल्यान्डका लागि कप्तान जस बटलरले ८ बलमा […]

Success

Thank you for your time.