2 years ago
October 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल खेलमा भारतविरुद्ध दीपेन्द्र र सन्दीप जोराले ब्याटिङ गर्नसम्म जित्नेमा डग आउटमा एकदमै कन्फिडेन्स भएको बताएका छन् । भारतसँग २३ रनले पराजित भएपछि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘खेलबाट धेरनै सकरात्मक कुराहरु छन् । जुन हिसाबले हामीले ब्याटिङ गयौं । सुरुवात सोचे जस्तो भएन । अन्त्यमा दीपेन्द्र र सन्दीप जोराले राम्रो ब्याटिङ गरे । करण दाईले पनि राम्रो खेल्नु भयो । सुरुमा राम्रोसँग खेलेको भए नतिजा जे पनि हुनसक्थ्यो । समग्र रुपमा हेर्दा खेलमा धेरै सकरात्मक पक्षहरु छन्’, भारतसँग हारपछि रोहितले भने ।
भारतले आज खेलमा सात बायाँ हाते ब्याटर खेलाएको थियो । त्यसैको कारण रोहित पौडेल अफ स्पिनका साथ आफैं बलिङमा आएका थिए । रोहित आफैंले १९ औं ओभर गरेका थिए । स्पिनरलाई पिचमा बढी फाइदा भएको उनी बताउँछन् ।
‘विकेट हेर्दा स्पिनरलाई अली बढी फेबर गरेको थियो । ७-८ जना लेफ्टी थिए । त्यति बेला अफस्पिनरले बढी प्रभाव जमाउन सक्छ’, रोहितले भने ।

जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । नेपाललाई पाँचौं विकेटका लागि दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले २० बलमा ४५ रनको साझेदारी गरेका थिए ।
दीपेन्द्र १५ बलमा ४ छक्कासहित ३२ रनमा आउट भए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए । दीपेन्द्र १५ औं ओभरको दोस्रो बलमा र जोरा १६ औं ओभरको चौथो बलमा क्याच आउट भएका थिए ।
‘मलाई लाग्छ जुन हिसाबले दिप्पी दाई र जोरा ले खेलि राखेका थिए । त्यति बेला डग आउटमा हामीले जित्छौं भनेर एकदमै कन्फिडेन्स थियौं । क्याम्पमा जोरा र दिप्पीले राम्रो ब्याटिङ गरेका थिए । त्यसले गर्दा पनि हामीलाई विश्वास थियो । दिप्पी दाई आउट भएपछि जोरा पनि आउट भयो । दुई जना मध्य एकजना अन्तिम सम्म बसेको भए नतिजा जे पनि हुन सक्थ्यो’, रोहितले भने ।
खेलको पूरा समाचार : सानदार ब्याटिङका बाबजुद नेपाल भारतसँग पराजित
रोहितको पूरा भिडियो हेर्नुहोस् :
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]