2 years ago
October 3, 2023
एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्वकप वार्मअप खेलमा पाकिस्तानलाई ३ सय ५२ रनको विशाल लक्ष्य दिएको छ । हैदराबादमा टस जितेर पहिला ब्याटिङ रोेजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५१ रन बनायो ।

अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले ७१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिए । त्यस्तै क्यामरन ग्रीनले ४० बलमा ४ चौका र १ छक्कासहित ५० रन बनाए । विकेटकिपर जोश इंग्लिसले ३० बलमा ८ चौका र १ छक्कासहित ४८ रन बनाए ।
ओपनर डेविड वार्नर ३३ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा आउट भएका थिए । मिचेल मार्श ३१, स्टिभ स्मिथ २७, मार्नस लाबुसेन ४० र एलेक्स केरी ११ रनमा आउट भए ।
पाकिस्तानका उस्मा मिर ५ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । हरिस रौफ, मोहम्मद वासिम जुनियर, शादब खान र मोहम्मद नवाजले समान एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]