2 years ago
October 3, 2023
काठमाडौँं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रिचा मेमोरियल एक्स्पर्ट सगरमाथा लिग अर्को सातादेखी अष्ट्रेलियामा सुरु हुने भएकोछ । मेलबर्नमा हुने उक्त प्रतियोगिता आगमी आइतबार देखी सुरु हुनेछ । प्रतियोगिता विजेताले ४ लाख ६६ हजार नेपाली रुपैयाँ (३५ सय डलर) प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नेपाली समुदायका १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ । आयोजक एक्स्पर्ट सगरमाथा ब्लूजले प्रतियोगिता बारे जानकारी दिएको छ । लिगमा हुने प्रतियोगिता आगमी डिसेम्बर १७ सम्म चल्नेछ । प्रतियोगिता खेलहरु यसअघिका संस्करणमा जस्तै हरेक हप्ताको आइतबार मात्रै हुनेछ ।
प्रतियोगिता मुख्य प्रायोजकमा एक्स्पर्ट एजुकेसन भिसा रहेको छ । त्यस्तै बेरिंग्टन कलेज संचालित (पावरएड) को रुपमा रहेका छन् ।

स्वर्गीग रिचा श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ । नेपाल क्रिकेट संघ (क्यान) का स्वर्गीय उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी रिचाको ब्लड क्यान्सरका कारण तीन वर्ष अघि अष्ट्रेलियामा मृत्यु भएको थियो ।
उनकै नाममा उक्त प्रतियोगिता आयोजना हुँदै आएका छन् । नेपाली टोलीबाट खेलि सकेका पूर्व अलराउन्डर युनिल र मञ्जित मिलेर गत चौतमा विराटनगरमा इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता समेत आयोजना गरेका थिए ।

दुई महिनाअघि नरेश श्रेष्ठको काठमाडौंको टिचिङ अस्पतालमा ७६ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]