2 years ago
October 4, 2023
एजेन्सी – अष्ट्रेलिया विश्वकपको सबैभन्दा सर्वाधिक सफल टोली हो । पाँच पटकको च्याम्पियन अष्ट्रेलिया विश्वकप उपाधिमा ह्याट्रिक गर्ने एक्लो देश हो ।

सुरुवाती दुई संस्करणको विजेता वेस्टइन्डिज विश्वकपमै पुग्न सकेन । इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले हालसम्म एक एक पटक विश्वकप उपाधि जितेका छन् । भारतले दुई पटक विश्वकप जितेको छ ।
१२ संस्करण अन्त्य हुँदा २० देशले विश्वकप खेलेका छन् । ६ देशले मात्रै उपाधि जितेका छन् । १३ औं संस्करणको विश्वकप बिहीबार देखी भारतमा सुरु हुँदैछ । विश्वकप उपाधि जित्ने सबै टोली, उपविजेता टोली र विजयी अन्तर यस प्रकार छन् ।
सन् १९७५ (वेस्टइन्डिज) – अष्ट्रेलियालाई फाइनलमा १७ रनले हराउँदै वेस्टइन्डिज विजयी ।
१९७९ (वेस्टइन्डिज) – इंग्ल्यान्डलाई फाइनलमा ९२ रनले हराउँदै वेस्टइन्डिज विजयी ।
१९८३ (भारत) – वेस्टइन्डिजलाई फाइनलमा ४३ रनले हराउँदै भारत विजयी ।
१९८७ (अष्ट्रेलिया) – इंग्ल्यान्डलाई फाइनलमा ७ रनले हराउँदै अष्ट्रेलिया विजयी ।
१९९२ (पाकिस्तान) – इंग्ल्यान्डलाई फाइनलमा २२ रनले हराउँदै पाकिस्तान विजयी ।

१९९६ (श्रीलंका) – अष्ट्रेलियालाई फाइनलमा ७ विकेटले हराउँदै श्रीलंका विजयी ।
१९९९ (अष्ट्रेलिया) – पाकिस्तानलाई फाइनलमा ८ विकेटले हराउँदै अष्ट्रेलिया विजयी ।
२००३ (अष्ट्रेलिया) – भारतलाई फाइनलमा १ सय २५ रनले हराउँदै अष्ट्रेलिया विजयी ।
२००७ (अष्ट्रेलिया) – श्रीलंकालाई फाइनलमा डकवर्थ लेविस पद्धतिमा ५३ रनले हराउँदै अष्ट्रेलिया विजयी ।
२०११ (भारत) – श्रीलंकालाई फाइनलमा ६ विकेटले हराउँदै भारत विजयी ।
२०१५ (अष्ट्रेलिया) – न्युजिल्यान्डलाई फाइनलमा ७ विकेटले हराउँदै अष्ट्रेलिया विजयी ।

२०१९ (इंग्ल्यान्ड) – फाइनलमा न्युजिल्यान्डसँग सुपर ओभर पनि टाई भएपछि चौका र छक्का बढी प्रहार गरेको आधारमा इंग्ल्यान्ड विजयी ।
२०२३ – अक्टोबर ५ देखी नोभेम्बर १९ सम्म भारतमा हुँदै ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]