2 years ago
October 4, 2023
एजेन्सी – मलेसियाले १९ औं एसियाली खेलकुद (एसियाड) मा टेस्ट टोली बंगलादेशविरुद्ध २० ओभर पूरै स्पिन बलिङ गराएको छ । चीनमा जारी एसियाड अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा बंगलादेशले मलेसियालाई १ सय १७ रनको मध्यम लक्ष्य दिएको छ ।

झेजिङमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १६ रन बनायो । बंगलादेशका सैफ हसनले ५२ बलमा १ चौका र ३ छक्कासहित ५० रनको अविजित कप्तानी इनिङ खेले । अफिफ हुसैन १४ बलमा २ चौका र २ छक्कासहित २३ रन बनाए ।
शाहादात हुसैन २६ बलमा ३ चौकासहित २१ रनमा आउट भए । जकेर अली १४ बलमा १४ रनमा अविजित रहे । बंगलादेशले एक रन जोड्दा दुई खेलाडी गुमाएको थियो । बंगलादेश २.५ ओभरमा ३-३ को दयनीय अवस्थामा पुगेको थियो । त्यस्तै ४१-४ हुँदै खेलमा पूनरागमन गरेको थियो ।
मलेसियाका पवनदीप सिंले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए । विजय उन्नीले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए । विरनदीप सिंहले ४ ओभरमा १३ रन खर्चेका थिए । अनवार रहमानले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए ।
त्यस्तै मोहम्मद अमिरले ४ ओभरमा २२ रन खर्चिए । पहिलो क्वाटरफाइनलमा भारतले नेपाललाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । त्यस्तै दोस्रोे क्वाटरफाइनलमा पाकिस्तानले हङकङलाई हराएको थियो । तेस्रो क्वाटरफाइनलमा अफगानिस्तानले श्रीलंकालाई हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]