2 years ago
October 4, 2023
एजेन्सी – बंगलादेशले चीनमा जारी १९ औं एसियाली खेलकुद(एसियाड) को क्वाटरफाइनल खेलमा मलेसियालाई दुई रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । जितको लागि अन्तिम ओभरमा पाँच रन बनाउन नसक्दा मलेसिया इतिहास रच्नबाट चुकेको हो ।

जितको लागि १सय १७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनायो । अन्तिम ओभरमा जितको लागि पाँच रन चाहिँएको थियो । अफिफ हुसैनको सुरुवाती तीन बल विरनदीपले डट खाए । चौथो बलमा उनी आउट भए । त्यसपछि बाँकी दुई बलमा रन रन जोडेपछि पराजित भएको हो ।
मलेसियाका विरनदीप सिंहले ३९ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रन बनाएपनि जित दिलाउन पर्याप्त भएन । ओपनर सैद अजिज ३१ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए ।
एक समय ९.१ ओभरमा ३८-४ को अवस्थामा पुगेको मलेसियालाई पाँचौं विकेटका लागि विरनदीप र सैद अजिजले ३३ बलमा ३४ रनको साझेदारी गरेका थिए । अनुल हफिजले १३ बलमा १ चौका र १ छक्कासहित १४ रन बनाए ।
बंगलादेशको जितमा नायक बनेका अफिफ हुसैनले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । रिपन मन्डोलले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए । रकिबुल हसनर रिशाद हसनले समान दुई विकेट लिए ।
त्यसअघि झेजिङमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १६ रन बनायो । बंगलादेशका सैफ हसन ५२ बलमा १ चौका र ३ छक्कासहित ५० रनमा अविजित थिए । अफिफ हुसैन १४ बलमा २ चौका र २ छक्कासहित २३ रन बनाए ।
शाहादात हुसैन २६ बलमा ३ चौकासहित २१ रनमा आउट भए । जकेर अली १४ बलमा १४ रनमा अविजित रहे । बंगलादेशले एक रन जोड्दा दुई खेलाडी गुमाएको थियो । बंगलादेश २।५ ओभरमा ३(३ को दयनीय अवस्थामा पुगेको थियो । त्यस्तै ४१(४ हुँदै खेलमा पूनरागमन गरेको थियो ।
मलेसियाका पवनदीप सिंले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए । विजय उन्नीले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए । विरनदीप सिंहले ४ ओभरमा १३ रन खर्चेका थिए । अनवार रहमानले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । मलेसियाले स्पिन पिचको भरपूर्ण फाइदा उठाउँदै पूरै स्पिनर खेलाएको थियो । २० ओभर नै मलेसियाका स्पिनरले बलिङ गरेका थिए ।
पहिलो क्वाटरफाइनलमा भारतले नेपाललाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । बंगलादेशले अव सेमिफाइनलमा भारतसँग खेल्नेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल शुक्रबार र फाइनल शनिबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]