default_image

2 years ago

October 4, 2023

देवको कप्तानीमा यू–१९ प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा

7842 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर देव खनालको कप्तानीमा नेपालले एसिसी यू–१९ प्रिमियर कप खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । प्रतियोगिता अक्टोबर १२ देखी २४ सम्म मलेसियामा हुनेछ ।

१६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा हुने यू१९ एसिया कप खेल्न पाउनेछ । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो ।

नेपालले गत फागुनमा आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट उपाधि जित्दा १४ सदस्यीय टोलीलाई निरन्तरता दिएको छ । उक्त टोलीबाट कुनैपनि खेलाडी परिवर्तन गरेको छैन ।

समूह ए मा नेपाल, बहराइन, साउदी अरेविया र ईरान छन् । समूह बी मा युएई, ओमान, कतार र चीन छन् । समूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्यस छन् । समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।

नेपालको टोली ः

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल(कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।
वैकल्पिक खेलाडी ः

प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.