default_image

10 months ago

October 4, 2023

डेब्यू विश्वकपमा सानदार प्रदर्शन गर्नसक्ने पाँच युवा खेलाडी

2392 views

0 Bookmark

एजेन्सी – विश्वकप कुनैपनि युवा खेलाडीलाई स्टार बन्ने सबैभन्दा ठूलो अवसर हो । विशेषगरि एसोसिएट टोलीका खेलाडीको मुख्य सपना विश्वकप खेल्ने हुन्छ । टेस्ट टोलीका युवा खेलाडीको सपना आफ्नो देशलाई विश्वकप जिताउने हुन्छ ।

बिहीबार देखी भारतमा विश्वकप सुरु हुँदैछ । उक्त विश्वकपमा आशा गरिएका थुप्रै युवा स्टारहरु खेल्दैछन् । पहिलो पटक एकदिवसीय विश्वकप खेल्दै सानदार प्रदर्शन गर्न सक्ने पाँच युवा खेलाडी यस प्रकार छन् ।

५.जेराल्ड कोट्जी (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिका तीव्र गतिका बलरको उर्भर भूमि मानिन्छ । यस विश्वकपमा पनि दक्षिण अफ्रिकाले तीव्र गतिको बलिङ आक्रामणलाई मुख्य हतियार बनाएको छ । २३ वर्षीय युवा तीव्र गतिका बलर जेराल्ड कोट्जीले डेब्यू विश्वकप खेल्दैछन् ।

उनी गती र बाउन्सका लागि चिनिन्छन् । आक्रामक स्वभावका कोट्जीले ६ ओडिआईमा ११ विकेट लिएका छन् । दक्षिण अफ्रिका भविष्य मानिएका उनले आफ्नो गती र बाउन्सका साथ विश्वकपमा सानदार प्रदर्शन गर्न सक्छन् । तीव्र गतिका बलर एनरिच नोर्किया टोलीमा नहुँदा उनले नियमित खेल्ने सम्भावना पनि देखिन्छ ।

४. रचिन रविन्द्र (न्युजिल्यान्ड)

न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रविन्द्रले पनि विश्वकपमा डेब्यू गर्दैछन् । छोटो समयमै उनले न्युजिल्यान्डको टोलीबाट राम्रो प्रभाव छाडेका छन् । रचिन ओपनिङ देखी तल्लोक्रम कुनैपनि भूमिकामा ब्याटिङ गर्न सक्छन् । स्पिन पनि त्यतिनै राम्रो खेल्न सक्छन् ।

२३ वर्षीय उनले १२ ओडिआई खेलमा १ अर्धशतकसहित कुल १ सय ८९ रन बनाउनुको साथै १२ विकेट लिएका छन् । वार्मअप खेलमा उनले पाकिस्तानविरुद्ध ७२ बलमा १६ चौका र १ छक्कासहित ९७ रन बनाएका थिए ।

केन विलियम्सनको कप्तानीमा खेल्ने हुँदा उनले झन् राम्रो प्रदर्शन गर्नसक्छन् । विलियम्सनले युवा खेलाडीको क्षमता अनुसार भूमिका पनि दिने गर्दछन् ।

३.दुनिथ वेलालागे ( श्रीलंका)

श्रीलंकाका २० वर्षीय युवा स्पिन अलराउन्डर दुनिथ वेलालागेले पनि डेब्यू विश्वकपमा सानदार प्रदर्शन गर्न सक्छन् । उनी उत्कृष्ट स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । वानिन्दु हसरंगा चोटका कारण टोलीमा नहुँदा उनी नियमित खेल्न पाउनेछन् ।

अघिल्लो महिना श्रीलंकालाई एसिया कपको फाइनलसम्म पुर्याउन दुनिथले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए ।
सुपर फोरमा भारतविरुद्ध पाँच विकेट लिनुको साथै ४० रन बनाउँदै उनी प्लेयर अफ द म्याच चुनिएका थिए । उनले लिएका विकेटमा रोहित शर्मा, शुभमन गिल, विराट कोहली, लोकेश राहुल र हार्दिक पान्ड्याको थियो ।

त्यसैको कारण हारको बाबजुद उनी प्लेयर अफ द म्याच चुनिएका थिए । भारतीय कन्डिसन पनि स्पिन सहयोगी छ । डेब्यू विश्वकपमा उनले सानदार प्रदर्शन गर्न सक्छन् ।

२.क्यामरन ग्रीन (अष्ट्रेलिया)

अष्ट्रेलिया युवा अलराउन्डर क्यामरन ग्रीन विश्वफोटक ब्याटिङका लागि चिनिन्छन् । तीव्र गतिमा बलिङ पनि गर्ने गर्दछन् । पछिल्लो दुई वर्षमा अष्ट्रेलियाबाट उनले नियमित खेल्दै आएका छन् ।

ओडिआई, टि२० आई र टेस्ट तीनै संरचनामा ग्रीनको प्रदर्शन सानदार छ । त्यसैको कारण गत आइपिएल अक्सनमा मुम्बई इन्डियन्सले उनलाई १७ करोड ५० लाख भारु अक्सनमा खर्चिएको थियो ।

२४ वर्षीय ग्रीनले अष्ट्रेलियाबाट २० ओडिआईमा ३ सय ७९ रन बनाउनुको साथै १६ विकेट लिई सकेका छन् । भारतीय कन्डिसन बारे उनलाई राम्रोसँग थाहा छ ।

उनले आइपिएलमा मुम्बईबाट सनराइज हैदराबादविरुद्ध ४७ बलमा समान ८ चौका र छक्काका साथ शतक पूरा गरेका थिए । विश्वकप दाबेदार अष्ट्रेलियाबाट उनले सानदार प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

१.बास डि लिड (नेदरल्यान्ड्स)

नेदरल्यान्ड्सले विश्वकपमा पनि ठूला टोलीलाई सरप्राइज दिने सम्भावना छ । गत जुलाईमा विश्वकप छनोटमा वेस्टइन्डिज, जिम्बावे र आयरल्यान्ड जस्ता टेस्ट टोलीलाई पछि पार्दै नेदरल्यान्ड्सलाई विश्वकपमा पुर्याउन लिड हिरो बनेका थिए ।

अलराउन्डर बास डि लिड नेदरल्यान्ड्सका प्रमुख हतियार हुन् । उनले तीव्र गतिमा बलिङसँगै मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् ।

२३ वर्षीय लिडले नेदरल्यान्ड्सबाट ३० ओडिआईमा १ शतक, दुई अर्धशतकसहित कुल ७ सय ६५ रन बनाउनुको साथै २४ विकेट लिएका छन् । विश्वकपमा पुग्न निर्णायक खेलमा स्कटल्यान्डले २ सय ७८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेदरल्यान्ड्सले ४४ ओभरमा पूरा गर्नुपर्ने थियो ।

लिडले ९२ बलमा ७ चौका र ५ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङका साथ उनले ४२.५ ओभरमै खेल पूरा गर्दै विश्वकपमा पुर्याएका थिए । स्कटल्यान्डलाई मध्यम योगफलमै रोक्न उनले पाँच विकेट लिएका थिए ।

लिड एसोसिएट क्रिकेटका युवा स्टार हुन् । धुरमबाट लगातार काउन्टी खेल्ने हुँदा उनको मनोबल झनै उच्च छ । विश्वकपमा पनि उनले सानदार प्रदर्शन गर्न सक्ने अनुमान गरिएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.