2 years ago
October 5, 2023
एजेन्सी – १३ औं संस्करणको आइसिसी विश्वकप २०२३ आज भारतमा सुरु हुँदैछ । उद्धघाटन खेलमा साविक विजेता इंग्ल्यान्ड र उपविजेता न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

१० टोली सहभागी विश्वकप लिगको आधारमा हुनेछ । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनलमा शीर्ष स्थानको टोलीले चौथो स्थानको टोलीसँग खेल्नेछ ।
दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानका टोलीबीच प्रतिस्पर्धा हुनेछ । विश्वकपमा भारत, पाकिस्तान, इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेदरल्यान्ड्स र श्रीलंका आइसिसी विश्वकप छनोटको फाइनल खेल्दै छनोट भएका हुन् । अन्य आठ टोली सुपर लिगबाट सोझै छनोट भएका थिए ।
सन् १९७५ देखी सुरु भएको विश्वकपमा अष्ट्रेलिया सवैभन्दा सफल टोली हो । अष्ट्रेलियाले सर्वाधिक पाँच पटक विश्वकप उपाधि जितेको छ । अष्ट्रेलियाले सन् १९९९ देखी २००७ सम्म उपाधिमा ह्याट्रिक गरेको थियो ।
भारत र वेस्टइन्डिजले समान दुई पटक विश्वकप जितेका छन् । तर वेस्टइन्डिज यस पटक विश्वकपमा हुनेछैन । छनोटमा सुपर सिक्सबाट नै बाहिरिएको थियो । पाकिस्तान, श्रीलंका र इंग्ल्यान्डले समान एक पटक विश्वकप उपाधि जितेका छन् । न्युजिल्यान्ड र दक्षिण अफ्रिका पहिलो विश्वकप उपाधिको खोजीमा हुनेछन् ।

२०१९ को विश्वकप इंग्ल्यान्डले चौका र छक्का बढी प्रहार गरेको आधारमा जितेको थियो । न्युजिल्यान्डसँग फाइनल खेल र सुपर ओभर दुवै बराबर भएपछि बाउन्ड्री काउन्टको आधारमा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो । तर अव उक्त नियम परिवर्तन भएको छ । सुपर ओभर बराबर भएमा अर्को सुपर ओभर हुनेछ । नतिजा नआउन सम्म सुपर ओभर हुनेछ ।
समय – खेल नेपाली समय अनुसार सबै हरेक दिन दिउँसो २ : १५ मा सुरु हुनेछन् । दिनमा दुई खेल हुँदा पहिलो खेल बिहान १० : ४५ र दोस्रो खेल दिउँसो २ : १५ मा सुरु हुनेछ ।
लाइभ – लाइभ स्टार स्पोर्ट्सबाट हेर्न सकिनेछ ।
सेमिफाइनल – पहिलो सेमिफाइनल १५ नोभेम्बरमा वानखडे स्टेडियममा हुनेछ । दोस्रो सेमिफाइनल खेल १६ नोभेम्बरमा इर्डेन गार्डेनमा हुनेछ ।
फाइनल – फाइनल १९ नोभेम्बरमा नरेन्द्र मोदी स्टेडियम अमहदाबादमा हुनेछ ।
१२ संस्करण अन्त्य हुँदा २० देशले विश्वकप खेलेका छन् । ६ देशले मात्रै उपाधि जितेका छन् । १३ औं संस्करणको विश्वकप बिहीबार देखी भारतमा सुरु हुँदैछ । विश्वकप उपाधि जित्ने सबै टोली, उपविजेता टोली र विजयी अन्तर यस प्रकार छन् ।
सन् १९७५ (वेस्टइन्डिज) – अष्ट्रेलियालाई फाइनलमा १७ रनले हराउँदै वेस्टइन्डिज विजयी ।
१९७९ (वेस्टइन्डिज) – इंग्ल्यान्डलाई फाइनलमा ९२ रनले हराउँदै वेस्टइन्डिज विजयी ।
१९८३ (भारत) – वेस्टइन्डिजलाई फाइनलमा ४३ रनले हराउँदै भारत विजयी ।
१९८७ (अष्ट्रेलिया) – इंग्ल्यान्डलाई फाइनलमा ७ रनले हराउँदै अष्ट्रेलिया विजयी ।
१९९२ (पाकिस्तान) – इंग्ल्यान्डलाई फाइनलमा २२ रनले हराउँदै पाकिस्तान विजयी ।
१९९६ (श्रीलंका) – अष्ट्रेलियालाई फाइनलमा ७ विकेटले हराउँदै श्रीलंका विजयी ।
१९९९ (अष्ट्रेलिया) – पाकिस्तानलाई फाइनलमा ८ विकेटले हराउँदै अष्ट्रेलिया विजयी ।
२००३ (अष्ट्रेलिया) – भारतलाई फाइनलमा १ सय २५ रनले हराउँदै अष्ट्रेलिया विजयी ।
२००७ (अष्ट्रेलिया) – श्रीलंकालाई फाइनलमा डकवर्थ लेविस पद्धतिमा ५३ रनले हराउँदै अष्ट्रेलिया विजयी ।
२०११ (भारत) – श्रीलंकालाई फाइनलमा ६ विकेटले हराउँदै भारत विजयी ।
२०१५ (अष्ट्रेलिया) – न्युजिल्यान्डलाई फाइनलमा ७ विकेटले हराउँदै अष्ट्रेलिया विजयी ।
२०१९ (इंग्ल्यान्ड) – फाइनलमा न्युजिल्यान्डसँग सुपर ओभर पनि टाई भएपछि चौका र छक्का बढी प्रहार गरेको आधारमा इंग्ल्यान्ड विजयी ।
२०२३ – अक्टोबर ५ देखी नोभेम्बर १९ सम्म भारतमा हुँदै
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]