2 years ago
October 5, 2023
एजेन्सी – १३ औं संस्करणको आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा साविक विजेता इंग्ल्यान्ड र उपविजेता न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ ।

न्युजिल्यान्डको कप्तानी टम लाथम र इंग्ल्यान्डको जस बटलरले गर्नेछन् । न्युजिल्यान्डका नियमित कप्तान केन विलियम्सन भने पहिलो खेलमा पूर्णरुपमा फिट छैनन् । त्यसैले लाथमले नेतृत्व सम्हाल्नेछन् ।
पहिलो खेलमै उपाधिका प्रमुख दुई टोलीबीच भिड्न्त हुनेछ । २०१९ को विश्वकपमा इंग्ल्यान्डले सुपर ओभर पनि टाई भएपछि चौका र छक्का बढी प्रहार गरेको आधारमा न्युजिल्यान्डलाई पछि पार्दै उपाधि जितेको थियो ।
न्युजिल्यान्ड उक्त खेलको बदला आज लिन चाहन्छ । फाइनलमा २ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड २ सय ४१ रनमा अल आउट भएको थियो । सुपर ओभरमा १५ रन पनि टाई भएको थियो । तर त्यस बेलाको नियम अनुसार सर्वाधिक बाउन्ड्री प्रहार गरेको आधारमा उपाधि जितेको थियो ।
उक्त विश्वकप खेल्दाका अधिकाम्स खेलाडी अहिले पनि दुबै टोलीमा छन् । फाइनलमा ८४ रनको यादगार इनिङ खेल्दै बराबरी गराएका बेन स्टोक्स मुख्य हतियार हुन् ।

स्टोक्सले यसै वर्ष सुरुवातमा ओडिआईबाट सन्न्यास लिएका थिए । तर इंग्ल्यान्डले विश्वकप जित्ने लक्ष्यका साथ उनको सन्न्यास फिर्ता गराएको थियो ।
अघिल्लो महिना स्टोक्सले न्युजिल्यान्डविरुद्ध नै ओडिआई खेलमा १ सय २४ बलमा १५ चौका र ९ छक्कासहित १ सय ८२ रनको इनिङ खेलेका थिए । विष्फोटक स्टोक्स न्युजिल्यान्डलाई पुन भारी बन्नसक्छन् ।
कप्तान जस बटलर फिनिसरको रुपमा खेल्नेछन् । इंग्ल्यान्डको विष्फोटक ब्याटिङ लाइनअप छ । बटलर, जोनी बेयरस्टो, बेन स्टोक्स, लियाम लिभिङस्टोन जस्ता अनुभवी हिटर छन् । इंग्ल्यान्डको ब्याटिङमा गहिराई छ । मोईन अली, साम करन र क्रिस वोक्स जस्ता म्याच विनर अलराउन्डर छन् ।
ब्याटिङमा ओडिआईका चर्चित ब्याटर जो रुटको विकेट लिन कठिन पर्नेछ । रुट जिम्मेवारीका साथ ठूलो इनिङ खेल्दै हिटरलाई थप खुल्ने वातावरण बनाउन सक्छन् ।
इंग्ल्यान्डको सोच विष्फोटक ब्याटिङ गर्दै विशाल योगफल बनाउने हुनेछ । तीव्र गतिका बलरमा क्रिस वोक्स, मार्क वुड र साम करन हुनेछन् । स्पिनरमा मोईन अली र आदिल राशिदको जोडी हुनेछ ।

उता न्युजिल्यान्डको ब्याटिङ पनि उत्कृष्ट छ । ओपनर डेभन कन्वे टोलीका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । मध्यक्रमका ब्याटर डर्याल मिचेलले पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका छन् । उनको लय रोक्न इंग्ल्यान्डलाई सहज हुनेछैन ।
टम लाथम, मार्क च्यापम्यान र ग्लेन फिलिप्सले मध्यक्रम सम्हाल्नेछन् । पिलिप्स आक्रामक ब्याटिङका लागि चिनिन्छन् । मिचेल सान्टनर, जेम्श निसम र रचिन रविन्द्र अलराउन्डरको रुपमा खेल्नेछन् ।
न्युजिल्यान्डको मुख्य हतियार नै तीव्र गतिको बलिङ आक्रामण हो । तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, लोकी फर्गुसन र म्याट हेनरीको जोडी इंग्ल्यान्डलाई पुन निराश बनाउन सक्छन् । स्पिनरमा सान्टनार र रविन्द्र हुनेछन् ।
हेड टु हेड :
इंग्ल्यान्ड र न्युजिल्यान्डबीच विश्वकपमा १० खेल भएको छ । दुबै टोलीले ५-५ खेल जितेका छन् । ओडिआईमा भने यी दुई देशले कुल ९५ खेल खेलेका छन् । जसमा इंग्ल्यान्ड ४५ र न्युजिल्यान्ड ४४ खेलमा विजयी भएको छ ।
इंग्ल्यान्डको टोली :
जस बटलर (कप्तान), मोईन अली, गस एटकिन्सन, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, बेन स्टोक्स, रिस टोप्ली, डेविड विल्ली, मार्क वुड र क्रिस वोक्स ।
न्युजिल्यान्डको टोली :
केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम (उपकप्तान तथा विकेटकिपर), डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनार, ईश सोधी, टिम साउथी र विल योंग ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]