2 years ago
October 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । क्रिकेट टोली आज बिहान ११:३० मा त्रिभुवन विमानस्थल आइपुगेको थियो । नेपाल एसियाडमा क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको थियो ।

भारतले दिएको २ सय ३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । भारतविरुद्ध उच्च प्रदर्शन गरेपछि नेपाली क्रिकेटको चौतफी प्रंशसा भएको छ । समूह चरणमा भने नेपालले मंगोलियाविरुद्ध पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो ।
मंगोलियालाई ४१ रनले हराउँदै नेपालले २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको थियो । उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक प्रहार गरेका थिए ।
क्रिकेटमा कुनैपनि खेलाडीले बनाएको सर्वाधिक छिटो अर्धशतक हो । उक्त अर्धशतक अव तोडिने छैन । दीपेन्द्रले भारतीय पूर्व ब्याटर युवराज सिंहले १२ बलमा २००७ मा इंग्ल्यान्डविरुद्ध बनाएको कीर्तिमान तोडेका थिए ।
कुशल मल्लले ३४ बलमा शतक हानेका थिए । टि२० आई इतिहासको सर्वाधिक छिटो शतक थियो । उनले भारतीय कप्तान रोहित शर्मा र दक्षिण अफ्रिकी ब्याटर डेविड मिलरको ३५ बलको कीर्तिमान तोडेका थिए । नेपालले उक्त खेलमा एक दर्जन विश्व कीर्तिमान कायम गरेको थियो ।

दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३८ रनले हराएको थियो । नेपाली टोली आइसिसी टि२० विश्वकप एसिया क्षेत्र तयारी गर्न भारतको नागपुर जादैछ । टोली शुक्रबार भारत जाने सम्भावना छ ।
विश्वकप छनोट अघि नेपाल, युएई र हङकङबीच असोज ३० देखी कार्तिक ९ गते (अक्टोबर १७ देखी २६) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा त्रिकोणात्मक सिरिज आयोजना हुनेछ ।
आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट विजेता टोली नेपाल आउनेछ ।
एसिया क्षेत्र छनोट ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया मध्य एक टोली आउनेछन् । दोहामा उक्त छनोट जारी हुँदा कुवेत र साउदी अरेविया मध्य एक टोली नेपाल आउने पक्का भएको छ । साउदी र कुवेतबीच आज दिउँसो ४ : १५ मा खेल हुनेछ । उक्त खेलको विजेता टोली नेपाल आउनेछ ।
फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]