2 years ago
October 5, 2023
एजेन्सी – न्युजिल्यान्डले १३ औं संस्करणको आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा साविक विजेता इंग्ल्यान्डविरुद्ध टस जितेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा न्युजिल्यान्डका कप्तान टम लाथमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

न्युजिल्यान्डले आजको खेलमा टिम साउथी, केन विलियम्सन र टिम साउथी आजको खेलमा बेन्चमा रहेका छन् । केन विलियम्सन पूर्ण रुपमा फिट नहुँदा बेन्चमा भएका हुन् । उता इंग्ल्यान्डको खेलमा बेन स्टोक्स पूर्ण रुपमा फिट नहुँदा बेन्चमा छन् । इंग्ल्यान्डले बेन स्टोक्स, रिस टोप्ली, डेविड विल्ली र गस एटकिन्सनलाई बेन्चमा राखेको छ ।
न्युजिल्यान्डको कप्तानी टम लाथम र इंग्ल्यान्डको जस बटलरले गर्नेछन् । न्युजिल्यान्डका नियमित कप्तान केन विलियम्सन भने पहिलो खेलमा पूर्णरुपमा फिट छैनन् । त्यसैले लाथमले नेतृत्व सम्हाल्नेछन् ।
पहिलो खेलमै उपाधिका प्रमुख दुई टोलीबीच भिड्न्त हुनेछ । २०१९ को विश्वकपमा इंग्ल्यान्डले सुपर ओभर पनि टाई भएपछि चौका र छक्का बढी प्रहार गरेको आधारमा न्युजिल्यान्डलाई पछि पार्दै उपाधि जितेको थियो ।
न्युजिल्यान्ड उक्त खेलको बदला आज लिन चाहन्छ । फाइनलमा २ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड २ सय ४१ रनमा अल आउट भएको थियो । सुपर ओभरमा १५ रन पनि टाई भएको थियो । तर त्यस बेलाको नियम अनुसार सर्वाधिक बाउन्ड्री प्रहार गरेको आधारमा उपाधि जितेको थियो ।
हेड टु हेड :
इंग्ल्यान्ड र न्युजिल्यान्डबीच विश्वकपमा १० खेल भएको छ । दुबै टोलीले ५(५ खेल जितेका छन् । ओडिआईमा भने यी दुई देशले कुल ९५ खेल खेलेका छन् । जसमा इंग्ल्यान्ड ४५ र न्युजिल्यान्ड ४४ खेलमा विजयी भएको छ ।
इंग्ल्यान्डको प्लेइङ ११
जस बटलर (कप्तान), मोईन अली, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, मार्क वुड र क्रिस वोक्स ।
न्युजिल्यान्डको प्लेइङ ११ :
ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, म्याट हेनरी, टम लाथम (कप्तान तथा विकेटकिपर), डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनार र विल योंग ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]