2 years ago
October 5, 2023
एजेन्सी – शीर्षक्रमका ब्याटर जो रुटको अर्धशतकमा इंग्ल्यान्डले विश्वकप २०२३ को उद्धघाटन खेलमा न्युजिल्यान्डलाई २ सय ८३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८२ रन बनायो ।

इंग्ल्यान्डका जो रुटले ८६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिए । रुट स्पिनर ग्लेन फिलिप्सको बलमा बोल्ड आउट भए । कप्तान जस बटलर ४२ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा आउट भए ।
ओपनर जोनी बेयरस्टो ३५ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर डेविड मलान १४, ह्यारी क्रुक २५, मोईन अली ११, लियाम लिभिङस्टोन २०, साम करन १४ र क्रिस वोक्स ११ रनमा आउट भए । आदिल राशिद १५ र मार्क वुड १३ रनमा नटआउट रहे ।
न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर मिचेल सान्टनारले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चेर १ विकेट लिए । ग्लेन फिलिप्सले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]