2 years ago
October 6, 2023
एजेन्सी – आइसिसी विश्वकप २०२३ को दोस्रो खेलमा आज पाकिस्तान र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा हैदराबादमा सुरुहुनेछ । दुबै टोली विजयी सुरुवात गर्न चाहन्छन् ।

पाकिस्तानको बाबर आजम र नेदरल्यान्ड्सको स्कट एडवार्डसले कप्तानी गर्नेछन् । दुबै खेलाडी टोलीका प्रमुख ब्याटर हुन् । वर्तमान ओडिआई वरियताका नम्बर वान ब्याटर बाबर आजमको प्रदर्शनले पाकिस्तानको प्रदर्शनमा धेरै फरक पार्नेछ । स्कट मध्यक्रमका प्रमुख ब्याटर हुन् । उनको कप्तानी अझ उत्कृष्ट रहँदै आएको छ ।
स्कटको उत्कृष्ट कप्तानीमा नेदरल्यान्ड्सले गत जुलाईमा आइसिसी विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्डलाई हराउँदै विश्वकपमा स्थान बनाएको हो । वेस्टइन्डिजलाई सुपर ओभरमा हराउन ३ सय ७५ रनको विशाल लक्ष्य बराबरी गरेको थियो ।
नेदरल्यान्ड्सको मनोबल उच्च छ । नेदरल्यान्ड्सलाई गुमाउनु केहि छैन । त्यसैले थप खुलेर खेल्न सक्छ । पाकिस्तानलाई सरप्राइज दिन चाहन्छ । नेदरल्यान्ड्सले आफ्नो लक्ष्य सेमिफाइनल बताउँदै आएको छ । बास डि लिड टोलीका प्रमुख हतियार हुन् । ब्याटिङ र बलिङ दुबैबाट सानदार प्रदर्शन गर्दै टोलीको जित सहज बनाउन सक्छन् ।

नेदरल्यान्ड्सका टोलीमा अधिकाम्स खेलाडी लगातार काउन्टी खेल्दै आएका छन् । त्यसैको कारण नेदरल्यान्ड्स मजबुत छ ।
कोलिन एकरम्यान नेदरल्यान्ड्सका अर्का भरपर्दा ब्याटर हुन् ।
काउन्टीबाट निखारिएर आएका उनलाई रोक्न कठिन पर्न सक्छ । ओपनर म्याक्स ओडाउड, विक्रमजित सिंह, तेजा निडामानुरु, बास डि लिड, स्कट एडवार्ड्स र कोलिन एकरम्यान जस्ता भरपर्दा ब्याटर छन् । तल्लोक्रममा लोगन भान बिक पनि त्यतिनै राम्रो ब्याटिङ गर्ने गर्दछन् ।
नेदरल्यान्ड्सको बलिङ आक्रामण पनि मजबुत छ । लोगन भान बिक, पल भान मार्केन र रयान केलिन तीव्र गतिका बलर हुन् । उनलाई बास डि लिडले साथ दिनेछन् । स्पिनरमा शरिज अहमद र सकिब जुलफिकर स्पिन अलराउन्डर हुन् ।

यता पाकिस्तानको ब्याटिङ बाबर, मोहम्मद रिजवान र इफ्तिखर अहमदमा बढी निर्भरछ । यी तीन ब्याटरको प्रदर्शनले योगफल निर्धारण गर्नेछ । ओपनर फखार जमान र इमाम उल हकबाट पाकिस्तान राम्रो प्रदर्शन चाहन्छ । तल्लोक्रममा सादब खान र मोहम्मद नवाज हुनेछन् ।
पाकिस्तानको मुख्य हतियार तीव्र गतिको बलर आक्रामण हो । तीव्र गतिका बलरमा हरिस रौफ, शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियर हुनेछन् । रौफ र अफ्रिदीको गति खेल्न नेदरल्यान्ड्सका ब्याटरलाई सहज हुनेछैन ।
हेड टु हेड :
नेदरल्यान्ड्स र पाकिस्तानबीच कुल ६ खेल भएका छन् । सबै खेलमा पाकिस्तान विजयी भएको छ ।
नेदरल्यान्ड्सको विश्वकप खेल्ने टोली :
स्कट एडवार्ड्स (कप्तान), म्याक्स ओडाउड, बास डि लिडे, विक्रम सिंह, तेजा निडामानिरु, पाउल भान माक्रेन, कोलिन एकरम्यान, रोलेफ भान डर मर्वे, लोगन भान बीक, अर्यान दत्त, रयान केलिन, वेस्ली ब्यारेसी, सकिब जुलफिकर, शरिफ अहमद र साइब्रान्ड एंगेलब्रेक्च ।
पाकिस्तानको टोली :
फखार जमान, इमाम उल हक, अब्दुल्लाह शफिक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, अघा सलमान, मोहम्मद नवाज, शादब खान, उस्मा मिर, शाहिन शाह अफ्रिदी, हरिस रौफ, मोहम्मद वासिम जुनियर र हसन अली ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]