2 years ago
October 6, 2023
एजेन्सी – भारतीय युवा ओपनर शुभमन गिललाई डेंगी संक्रमण पोजेटिभ देखिएपछि आईसिसी विश्वकप २०२३ मा आइतबार अष्ट्रेलियाविरुद्ध खेल गुमाउने निश्चित भएको छ ।

डेंगी देखिएपछि गिल बुधबार र बिहीबार एमए चिदाम्बरम स्टेडियममा अभ्यासमा समेत आएका थिएनन् । घरेलु टोली भारतले आइतबार चेन्नईमा उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियासँग खेल्दैछ ।
गिल अनुपस्थीत हुँदा भारतलाई ठूलो धक्का लाग्ने देखिन्छ । गिलले २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् ।
गिल २०२३ ओडिआईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले २०२३ ओडिआईमा २० खेलमा ५ शतक र ५ अर्धशतकसहित कुल १२ सय ३० रन बनाएका छन् ।
गत जुनमा हैदराबादमा गिलले न्युजिल्यान्डविरुद्ध २ सय ८ रनको दोहोरो शतक प्रहार गरेका थिए । केहि साता अघि मात्रै उनले ७४ र १ सय ४ रन बनाएका थिए ।
गिल नहुँदा कप्तान रोहित शर्मासँग ईशान किशनले भारतको ओपनिङ गर्नेछन् । ईशानले पनि भारतीय टोलीबाट राम्रो खेल्दै आएका छन् ।
ईशानले गत डिसेम्बरमा बंगलादेशविरुद्ध २ सय १० रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । गिलले ओपनिङ गर्दा ईशानले तल्लोक्रममा खेल्दै आएका छन् । तर गिल नहुँदा उनी ओपनिङ गर्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]