2 years ago
October 6, 2023
एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी विश्वकप २०२३ को दोस्रो खेलमा आज पाकिस्तानविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । हैदराबादमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेदरल्यान्ड्सले गत जुलाईमा आइसिसी विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्डलाई हराउँदै विश्वकपमा स्थान बनाएको हो । वेस्टइन्डिजलाई सुपर ओभरमा हराउन ३ सय ७५ रनको विशाल लक्ष्य बराबरी गरेको थियो ।
हेड टु हेड :
नेदरल्यान्ड्स र पाकिस्तानबीच कुल ६ खेल भएका छन् । सबै खेलमा पाकिस्तान विजयी भएको छ ।
पाकिस्तानको प्लेइङ ११ –
इमाम उल हक, फखार जमान, बाबर आजम(कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), साउद सकिल, इफ्तिखर अहमद, शादब खान, मोहम्मद नवाज, हसन अली, शाहिन अफ्रिदी र हरिस रौफ ।
नेदरल्यान्ड्सको प्लेइङ ११ –
विक्रमजित सिंह, म्याक्स ओडाउड, कोलिन एकरम्यान, स्कट एडवार्डस(कप्तान तथा विकेटकिपर), बास डि लिड, तेजा निडामानिरु, सकिब जुलफिकर, लोगन भान बिक, रोलेफ भान डर मर्वे, अर्यान दत्त र पाउल भान मार्केन ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]