2 years ago
October 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ क्रिकेट टोलीका कप्तान देव खनालले सिनियर टोलीले खेलेजस्तै टेस्ट टोलीहरुलाई हराउन आगमी एसिया कप र विश्वकपमा आफूहरुले प्रयास गर्ने बताएका छन् । अर्को सातादेखी मलेसियामा हुने यू१९ प्रिमियर कपको तयारीमा ब्यस्त रहेका देव खनालले उक्त प्रतिक्रिया दिएका हुन् ।
‘तयारी राम्रो भएको छ । अन्तिम पटक हाम्रो एकदमै राम्रो प्रतियोगिता भएको थियो । एसिया कपमा पुग्नलाई एउटा अवसर छ । सबै जना लयमा देखिएका छन् । सबै जना आत्माविश्वासी पनि देखिएका छन्’, कप्तान देव खनालले भने ।
यू१९ प्रिमियर कप १२ अक्टोबर देखी २४ सम्म मलेसियामा हुँदैछ । नेपाल समूह ए मा छ । नेपालको समूहमा बहराइन, साउदी अरेविया र इरान छन् । समूह बी मा युएई, ओमान, कतार र चीन छन् ।
समूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स छन् । समूह डी मा हङकङ, मलेसिया, इन्डोनएसिया र जापान छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा यू१९ एसिया कप खेल्न पाउनेछन् ।

गत मार्चमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र उपाधि जित्दै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपमा स्थान बनाएको थियो । विश्वकपमा नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड एकै समूहमा छन् । उक्त छनोटपछि यू१९ टोली पहिलो प्रतियोगिता खेल्दैछ । देव सबै खेलाडी राम्रो लयमा नै देखिएको बताउँछन् ।
‘धेरैपछि खेलाडीहरु भेट्दा एकदमै राम्रो पाएँ । त्यो छनोटपछि धेरैपछि भेट भएको थियो । सबै जनाले अभ्यास गरि राखेको थियो । कसैले भारतमा गएर अभ्यास गरेका थिए । समग्रमा सबै जना लयमा नै छन्’, उनले भने ।
नेपाली सिनियर क्रिकेट टोलीले पछिल्लो एक महिनामा भारतीय टोलीलाई कडा टक्कर दिएको छ । यसले उमेर समूहका खेलाडीको मनोबलमा पनि फरक पार्ने देव बताउँछन् ।
[सिनियर टोलीको प्रदर्शनले यू१९ को मनोबलमा पनि एकदमै फाइदा पुग्छ । हामीले टिभीमा हेर्दै आएका छौं । सिनियर टोलीले जसरी खेलेका छन् । त्यो चाहिँ विश्वकै आखाँमा परेको छ । सिनियर दाईहरुले जसरी खेलि राख्नु भएको छ । त्यस्तै हामी यू१९ पनि पनि टेस्ट टोलीलाई कडा प्रतिस्पर्धा दिएर सकेसम्म हराउन प्रयास गछौं । सबै जना एकदमै राम्रो मानसिक सोचमा छन्’, देवले भने ।

देव नेपाली क्रिकेटमा ब्याटिङमा भविष्य मानिएका छन् । ओडिआई क्रिकेटमा तेस्रो नम्बरबाट खेल्दै आएका ज्ञानेन्द्र मल्लको सन्न्याससँगै उनले मौका पाउने अनुमान गरिएको छ । दुई महिना अघि नेपालले एसिसी इमर्जिङ कपमा देवलाई टोलीमा मौका दिएको थियो । त्यसपछि देव टोलीमा छैनन् । टेस्ट टोलीविरुद्ध राम्रो गर्दै फर्किने लक्ष्य बनाउने उनी बताउँछन् ।
‘सिनियर टोलीमा फर्किन अव आउने प्रतियोगिता धेरै महत्वपूर्ण छ । एसिया कपको क्वालिफायर, एसिया कप हुँदै विश्वकप हुनेछ । मलाई लाग्छ विश्वकपपछि नै लिग २ सुरु हुनेछ । एसिया कप र विश्वकपमा टेस्ट टोलीविरुद्ध राम्रो रन बनाएर सिनियर टोलीमा फर्किने मेरो लागि एकदमै ठूलो अवसर छ । मेरो सोच कसरी टेस्ट टोलीविरुद्ध ठूलो इनिङ खेलेर सिनियर टोलीमा फर्किने भन्नेछ । मैले अहिले देखी त्यहिँ सोच बनाएर अभ्यास गरेको छु’, उनले भने ।
देवको पूरा भिडियो हेर्नुहोस् :
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]