2 years ago
October 6, 2023
एजेन्सी – पाकिस्तानले आइसिसी विश्वकप २०२३ को दोस्रो खेलमा नेदरल्यान्ड्सलाई २ सय ८७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएकोछ । हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४९ ओभरमा २ सय ८६ रनमा अल आउट भयो ।

पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रन बनाए । रिजवानले ७५ बलमा ८ चौका प्रहार गरे । सकिलले ५२ बलमा ९ चौका र १ छक्का हाने ।
पाकिस्तानको सुरुवात भने राम्रो हुन सकेको थिएन । खराब सुरुवात गरेको पाकिस्तानलाई चौथो विकेटका लागि रिजवान र सकिलले १ सय १४ बलमा १ सय २० रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा फर्काएका थिए । बास डि लिडको बलमा रिजवान बोल्ड आउट भएका थिए । तर लिडले मध्यक्रम र तल्लोक्रम धरासपी पारेका थिए ।
फखार जमानको खराब लयले अझै पूर्ण विराम पाउन सकेको छैन । तीव्र गतिका बलर लोगन भान बिकको चौथो ओभरको चौथो बलमा जमान १२ रनमा कट एण्ड बोल्ड आउट भए । कप्तान बाबर आजम पार्टटाइम स्पिनर कोलिन एकरम्यानको बलमा मिडअनमा ५ रनमा सकिब जुलफिकरबाट क्याच आउट भए । बाबरले १८ बल खेलेका थिए ।

तीव्र गतिका बलर पाउल भान मार्केनको सर्ट बलमा इमाम उल हक १५ रनमा अर्यान दत्तबाट क्याच आउट भएपछि पाकिस्तान ३८–३ को अवस्थामा पुगेको थियो ।
रिजवान र सकिलले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए । त्यसपछि पाकिस्तानले पुन लगातार विकेट गुमायो । लिडले रिजवान र इफ्तिखर अहमदलाई ३२ औं ओभरमा आउट गर्दै खेल नेदरल्यान्ड्सको पक्षमा खेल मोडेका थिए । इफ्तिखर एज लागेर ९ रनमा आउट भए ।
लिडले ४४ औं ओभरमा लगातार दुई विकेट लिएपछि पाकिस्तानको विशाल योगफलको सम्भावना कठिन भएको थियो । तेस्रो बलमा शादब खान ३२ रनमा बोल्ड आउट भए । उनले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा हसन अली एलबीडब्लू आउट हुँदै शून्यका साथ पेभेलिएन फर्के । मोहम्मद नवाज ४४ बलमा ४ चौकासहित ३९ रनमा रन आउट भए ।
हरिस रौफ १४ बलमा २ चौका र १ छक्कासहित १६ रनमा आउट भए । शाहिन शाह अफ्रिदी १२ बलमा २ चौकासहित १३ रनमा नट आउट रहे ।
नेदरल्यान्ड्सका बास डि लिडले ९ ओभरमा ६२ रन खर्चेर ४ विकेट लिए । कोलिन एकरम्यानले ८ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर २ विकेट लिए । अर्यान दत्त, लोगन भान बिक र पाउल भान मार्केनले समान एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]