2 years ago
October 7, 2023
एजेन्सी – आइसिसी विश्वकप २०२३ मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा आज बिहान १० : ४५ मा धर्मशालामा बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा दिउँसो २ः १५ मा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा हुने खेलमा बंगलादेश र अफगानिस्तान दुबै विजयी सुरुवात गर्न चाहन्छन् । दुबैको स्पिन आक्रामण मजबुत छ । अफगानिस्तानका राशिद खान, मोहम्मद नाबी र मुजिब उर रहमानको स्पिन आक्रामण खेल्न बंगलादेशी ब्याटरलाई सहज हुनेछैन ।
अफगानिस्तानको शीर्षक्रम ब्याटिङ मजबुत छ । ओपनर रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान र रमाहत शाह प्रमुख ब्याटर हुन् । गुरबाज र जद्रान प्रमुख ब्याटर हुन् । यी दुई खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ ।
गुरबाजले वार्मअप खेलमा श्रीलंकाविरुद्ध १ सय १९ रनको शतकीय इनिङ खेलेका थिए । युवा ब्याटर जद्रानले पनि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । अफगानिस्तानको मध्यक्रम र तीव्र गतिको बलिङ तुलनात्मक रुपमा कमजोर छ ।

उता बंगलादेशका ओपनर लिटन दास, मुश्ताफिजुर रहमान र तौहिद हृदोय प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरको प्रदर्शन महत्वपूर्ण हुनेछ । युवा ब्याटर तानजिद हसन र नाज्मुल हसन सान्टो पनि राम्रो ब्याटिङ गर्दछन् ।
कप्तान सकिब अल हसन टोलीका प्रमुख हतियार हुन् । २०१९ को विश्वकपमा सानदार प्रदर्शन गरेका सकिबको ब्याटिङ र बलिङ दुबैमा उच्च प्रदर्शन बंगलादेशले आशा राख्नेछ । तीव्र गतिका बलरमा तस्किन अहमद, मुश्ताफिजुर रहमान र तान्जिम सकिब हसन हुनेछन् ।
अर्को खेलमा श्रीलंका चोटका कारण कमजोर बनेकोछ । प्रमुख स्पिनर वानिन्दु हसरंगा विश्वकप टोलीमा छैनन् । अर्का स्पिनर महेश थिक्सेना पनि आजको खेलमा उपलब्ध हुनेछैनन् ।

त्यसैले बलिङ आक्रामण कमजोर बनेको छ । कुशल मेन्डिस टोलीका प्रमुख ब्याटर हुन् । वार्मअप खेलमा अफगानिस्तानविरुद्ध १ सय ५८ रनको सानदार शतकीय इनिङ खेलेका उनी पुन नायक बन्नसक्छन् । कुशल परेरा, चरथि असलंका र कप्तान दासुन शानका पनि राम्रो ब्याटिङ गर्नसक्छन् । पथिसा पाथिराना प्रमुख तीव्र गतिका बलर हुन् ।
दक्षिण अफ्रिका उच्च मनोबलका साथ भारत आएको छ । ओपनर क्विन्टन डि कक, हेनरिक क्लासेन, एडेन माक्ररम र डेविड मिलर जस्ता विश्वचर्चित ब्याटर छन् । यी चार मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ ।

दक्षिण अफ्रिकाको तीव्र गतिको बलिङ आक्रामण मजबुत छ । कागिसो रबाडा,लुन्गी एनगिडी र जेराल्ड कोट्जी तीव्र गतिका बलरको रुपमा हुनेछन् । कप्तान टेम्बा बभुमाले पनि ओडिआईमा पछिल्लो समय राम्रो ब्याटिङ गर्दै आएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]