2 years ago
October 7, 2023
एजेन्सी – दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर एडेन माक्ररम विश्वकपमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । भारतमा जारी आइसिसी विश्वकप २०२३ मा श्रीलंकाविरुद्ध ४९ बलमा शतक हान्दै उक्त कीर्तिमान बनाएका हुन् ।

अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २८ रन बनायो ।
माक्ररमले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रनको कीर्तिमानी इनिङ खेले । माक्ररमले ४६ औं ओभरको चौथो बलमा चौका र पाँचौं बलमा छक्का हान्दै ४९ बलमा शतक पूरा गरेका थिए ।
उनले आयरल्यान्डका केभिन ओ ब्रायनको ५० बलको कीर्तिमान तोडेका हुन् । ब्रायनले २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक हानेका थिए । त्यस्तै विश्वकपमा २०१५ मा अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले श्रीलंकाविरुद्ध ५१ र त्यसै वर्ष वेस्टइन्डिजविरुद्ध दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले ५२ बलमा शतक हानेका थिए ।
ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक भने एवि डिभिलियर्स कै नाममाछ । डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध ३१ बलमै शतक हानेका थिए । डिभिलियर्सको शतकको सहयोगमा दक्षिण अफ्रिकाले आफ्नो ओडिआई इतिहासको उच्च योगफल ४ सय ३९ रन बनाएको थियो । त्यसै खेलमा हसिम अमलाले १ सय ५३ र राइली रोसोउले १ सय २८ रनको शतकीय इनिङ खेलेका थिए ।

डिभिलियर्सपछि ओडिआईमा सर्वाधिक छिटो शतक न्युजिल्यान्डका कोरी एन्डरसनले २०१४ मा वेस्टइन्डिजविरुद्ध ३६ बल, पाकिस्तानका शाहिद अफ्रिदीले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बल र युएईका आसिफ खानले नेपालविरुद्ध २०२३ मार्चमा ४१ बलमा शतक हानेका थिए ।
विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा तीन शतक प्रहार भएका हुन् । अनुभवी ब्याटर रास्सी भान डर डुसेन १ सय १० बलमा १३ चौका र २ छक्कासहित १ सय ८ रनको शतकीय इनिङ खेले । ओपनर क्विन्टन डि ककले ८४ बलमा १२ चौका र ३ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।
ओडिआईमा यसअघि तीन पटक मात्रै एकै खेलमा तीन शतक प्रहार भएका थिए । २०१५ मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध, त्यसै वर्ष दक्षिण अफ्रिकाले भारतविरुद्ध तथा गतवर्ष इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध एकै खेलमा तीन शतक हानेको थियो । तर ती तीन खेल विश्वकप नभएर सिरिजका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]