2 months ago
October 7, 2023
एजेन्सी – रन, शतक, चौका र छक्काको वर्षा भएको खेलमा दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई १ सय २ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि ४ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका ४४.५ ओभरमा ३ सय २६ रनमा अल आउट भयो । श्रीलंकाका मध्यक्रमका ब्याटर चरिथ असलंकाले ६५ बलमा […]
एजेन्सी – रन, शतक, चौका र छक्काको वर्षा भएको खेलमा दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई १ सय २ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
जितको लागि ४ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका ४४.५ ओभरमा ३ सय २६ रनमा अल आउट भयो । श्रीलंकाका मध्यक्रमका ब्याटर चरिथ असलंकाले ६५ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७९ रन बनाए । तर त्यो रन जितको लागि पर्याप्त थिएन ।
तीव्र गतिका बलर मार्को यानसनले दोस्रो ओभरको पहिलो बलमै ओपनर पाथुम निसंकालाई शून्यमा बोल्ड गरे । तर अर्को एन्डबाट कुशल मेन्डिसले आक्रामक रुपमा प्रस्तुत भएका थिए । कुशल परेरा ७ रनमा यानसनको बलमा आउट भए ।
कुशल मेन्डिस ४२ बलमा ४ चौका र ८ छक्कासहित ७६ रनको विष्फोटक इनिङ खेल्दै आउट भए । उनी कागिसो रबाडाको बलमा विकेटकिपर हेनरिक क्लासेनबाट समातिन पुगेका थिए । सदिरा समाराविक्रमा २३ र धनन्जय डि सिल्भा ११ रनमा आउट भए ।
कप्तान दाशुन शानकाले तल्लोक्रममा हारको अन्तर घटाएका थिए । शानका ६२ बलमा ६ चौका र ३ छक्कासहित ६८ रनमा आउट भए । उनी स्पिनर केशव महाराजको बलमा बोल्ड आउट भए ।
कसुन रजिथा ३१ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजल १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । मार्को यानसनले १० ओभरमा ९२ रन खर्चेर २ विकेट लिए ।
जेराल्ड कोट्जीले ९ ओभरमा ६८ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ७.५ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । लुन्गी एनगिडीले ८ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २८ रन बनाएको थियो । बाउन्ड्री र कमजोर बलिङको फाइदा उठाउँदै रनको वर्षा गराएको थियो । चोटको कारण प्रमुख दुई स्पिनर वानिन्दु हसरंगा र महेश थिक्सेना नहुँदा श्रीलंकाको बलिङ आक्रामण कमजोर बन्न पुगेको हो ।
यो विश्वकप इतिहासकै उच्च योगफल हो । विश्वकपमा यसअघि उच्च योगफल २०१५ मा अष्ट्रेलियाले सिड्नीमा अफगानिस्तानविरुद्ध ४ सय १७ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डि कक, रास्सी भान डर डुसेन र एडेन माक्ररमले शतकीय इनिङ खेले । माक्रमले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रनको कीर्तिमानी इनिङ खेलेका थिए । एडेन माक्ररमले विश्वकप इतिहासकै सर्वाधिक छिटो ४९ बलमा शतक पूरा गरेका थिए ।
उनले २०११ मा आयरल्यान्डका केभिन ओ ब्रायनले इंग्ल्यान्डविरुद्ध ५० बलमा हानेको शतकको कीर्तिमान तोडेका छन् । ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक भने दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध ३१ बलमा हानेका थिए ।
विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा तीन शतक प्रहार भएका हुन् । ओडिआईमा यसअघि तीन पटक मात्रै एकै खेलमा तीन शतक प्रहार भएका थिए । २०१५ मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध, त्यसै वर्ष दक्षिण अफ्रिकाले भारतविरुद्ध तथा गतवर्ष इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध एकै खेलमा तीन शतक हानेको थियो ।
तर ती तीन खेल विश्वकप नभएर सिरिजका थिए । त्यसै खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध आफ्नो ओडिआई इतिहासकै उच्च ४ सय ३९ रन बनाएको थियो ।
अनुभवी ब्याटर रास्सी भान डर डुसेन १ सय १० बलमा १३ चौका र २ छक्कासहित १ सय ८ रनमा आउट भए । ओपनर क्विन्टन डि ककले ८४ बलमा १२ चौका र ३ छक्कासहित १ सय रन बनाउँदै आउट भएका थिए ।
दोस्रो विकेटका लागि डुसेन र डि ककले २ सय ४ रनको दोहोरो शतकीय साझेदारी गरेपछि दक्षिण अफ्रिकाले विशाल योगफलको आधार तय गरेको थियो । कप्तान टेम्बा बभुमा भने ८ रनमै आउट भएका थिए ।
हेनरिक क्लासेन २० बलमा १ चौका र ३ छक्कासहित ३२ रनमा आउट भए । डेविड मिलर २१ बलमा ३ चौका र २ छक्कासहित ३९ तथा मार्को यानसन १२ रनमा नटआउट रहे ।
श्रीलंकाका तीव्र गतिका बलर मथिसा पाथिरानाले १० ओभरमा ९५रन खर्चेर १ विकेट लिए । कसुन रजिथाले १० ओभरमा १ मेडनसहित ९० रन खर्चेर १ विकेट लिए । दिलशान मदुशानकाले १० ओभरमा ८६ रन खर्चेर २ विकेट लिए । दुनिथ वेलालागेले १० ओभरमा ८१ रन खर्चेर १ विकेट लिए ।
खेलमा श्रीलंकाले १७ र दक्षिण अफ्रिकाले १४ गरि कुल ३१ छक्का प्रहार भएका थिए । दक्षिण अफ्रिका ४ सय २८ र श्रीलंका ३ सय २६ गरि एकै खेलमा ७ सय ५४ रन बनेको थियो ।
श्रीलंकाले अव मंगलबार हैदराबादमा पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । दक्षिण अफ्रिकाले बिहीबार अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलियाले पहिलो खेल आइतबार भारतसँग खेल्दैछ ।
December 3, 2023
एजेन्सी – घरेलु टोली भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियामाथि ६ रनको रोमान्चक जित हात पारेकोछ । भारतले सिरिज ४-१ ले जितेकोछ । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । अष्ट्रेलियाका बेन म्याकडेर्मोटले ३६ बलमा ५ छक्कासहित सर्वाधिक […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) लाई ८४ रनले हराउँदै लिटल फ्वारले फराकिलो जित हात पारेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको लिटल फ्लावरले निर्धारित २० ओभरको खेलमा १ सय […]
December 3, 2023
एजेन्सी – मध्यक्रमका ब्याटर श्रेयस ऐरको अर्धशतकमा भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ६१ रनको मध्यम लक्ष्य दिएको छ । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनायो । भारतका मध्यक्रमका ब्याटर श्रेयस ऐरले ३७ बलमा ५ चौका र २ […]