2 years ago
October 8, 2023
एजेन्सी – आइसिसी विश्वकप २०२३ को पाँचौं खेलमा आज उपाधिका प्रमुख दुई दाबेदार भारत र अष्ट्रेलियाबीच खेल हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा चेन्नईमा सुरु हुनेछ ।

भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् । भारत आफ्नो लय, घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै विजयी सुरुवात गर्न चाहन्छ । तर विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलिया भारतलाई स्तब्ध पार्दै सानदार सुरुवात गर्ने सोचमा हुनेछ । यी दुई देशबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ ।
अष्ट्रेलिया यस विश्वकपको सर्वाधिक सन्तुलित र उपाधिको प्रमुख दाबेदार टोली हो । ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन र मिचेल मार्श जस्ता बिग म्याच प्लेयर हुँदा टोली मजबुत बनेकोछ । ग्रीन र स्टोइसिन मध्य एक अलराउन्डर खेल्नेछन् । जसमा ग्रीनको सम्भावना छ ।
ग्रीन, मार्श र म्याक्सवेल तीनै विष्फोटक ब्याटर हुन् । जसले ठूलो इनिङ खेल्दै टोलीको जित सहज बनाउन सक्छन् । म्याक्सवेल स्पिनर हुँदा अन्य दुई तीव्र गतिका बलर हुन् । बलिङमा पनि त्यतिनै राम्रो प्रदर्शन गर्ने गर्दछन् ।

अष्ट्रेलियाको ब्याटिङ हतियार बन्न सक्छ । अनुभवी ओपनर डेविड वार्नर, स्टिभ स्मिथ र मार्नस लाबुसेन जस्ता भरपर्दा ब्याटर हुन् । स्मिथ र वार्नर बिग म्याच प्लेयर हुन् ।
यी दुई ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । ओपनर ट्रविस हेड फिट छैनन् । त्यसैको कारण वार्नर र मार्शले ओपनिङ गर्नेछन् । यी दुईको सुरुवात आक्रामक हुनेछ । स्मिथ तेस्रो र मार्नस लाबुसेन चौथो स्थानमा खेल्नेछन् । त्यसैको कारण शीर्षक्रम ब्याटिङ मजबुत छ ।
अष्ट्रेलियाको ब्याटिङमा गहिराई छ । म्याक्सवेल, विकेटकिपर एलेक्स केरी र प्याट कमिन्सले तल्लोक्रम सम्हाल्नेछन् । अष्ट्रेलियाको तीव्र गतिको बलिङ आक्रामण पनि त्यतिनै उत्कृष्ट छ ।

मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेजलवुड छन् । स्टार्क पछिल्ला दुई विश्वकपका सर्वाधिक विकेट लिने बलर हुन् । भारतीय ब्याटर बायाँ हाते बलरविरुद्ध लगातार असफल हुँदै आएका छन् ।
विशेषगरी स्टार्कको स्वींग, गति र योर्कर खेल्न सहज हुनेछैन । स्पिनरमा एडम जाम्पा र म्याक्सवेल हुनेछन् ।
चेन्नई स्पिनर सहयोगी पिच मानिन्छ । त्यसैले भारत स्पिन आक्रामणलाई हतियार बनाउन खोज्नेछ । कुलदीप यादव र रविन्द्र जडेजा खेल्ने पक्काछ । भारतले रविन्द्रन आश्विनलाई पनि खेलाउन सक्छ । भारत तीन स्पिनरका साथ मैदान उत्रर्ने उच्च सम्भावना छ ।
तीव्र गतिका बलरमा जस्प्रित बुमराह र मोहम्मद शिराज हुनेछन् । यी दुई बलर अष्ट्रेलिया ब्याटरलाई घातक बन्नसक्छन् । तेस्रो तीव्र गतिका बलरमा हार्दिक पान्ड्या हुनेछन् ।

भारतका ओपनर शुभमन गिल डेंगी संक्रमणको कारण आजको खेल गुमाउनेछन् । त्यसैको कारण उनको स्थानमा ईशान किशनले ओपनिङ गर्नेछन् । भारतको ब्याटिङ शीर्षक्रम मजबुत छ ।
रोहित शर्मा र ईशान किशन ओपनर हुन् । दुबै राम्रो लयमा छन् । विराट कोहली भारतका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन सधैं महत्वपूर्ण हुनेछ ।
चौथो नम्बरमा श्रेयस ऐर, पाँचौं नम्बरमा लोकेश राहुल र छैटौं नम्बरमा हार्दिक पान्ड्या हुनेछन् । भारतको तल्लोक्रममा ब्याटिङ भने कमजोरीको रुपमा छ । तीन स्पिनर खेलाउँदा केहि कमजोर बन्नेछ । आश्विन र जडेजा दुबै राम्रो ब्याटिङको क्षमता राख्छन् ।
विश्वकपमा हेड टु हेड :
विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।
दुई साता अघि भारतले तीन ओडिआई खेलको सिरिज २-१ ले जितेको थियो ।
अष्ट्रेलियाको विश्वकप टोली :
प्याट कमिन्स (कप्तान), शन एबोट, एलेक्स केरी, क्यामरन ग्रीन, ट्रविस हेड, जोश इंग्लिस, मार्नस लाबुसेन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर र एडम जाम्पा ।
भारतको विश्वकप टोली
रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, मोहम्मद शामी, रविन्द्रन आश्विन, ईशान किशन र सूर्यकुमार यादव ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]