default_image

2 years ago

October 8, 2023

‘हामी भारत भन्दा एक दुई स्टेप मात्रै तल छौं’- सोमपाल कामी

6383 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीले नेपाल भारत भन्दा एक दुई स्टेपमात्रै तल भएको बताएका छन् । चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) खेलेर स्वदेश फर्किएपछि सोमपालले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘एकदमै राम्रो अनुभव रह्यो । नतिजा हाम्रो पक्षमा आएन । दिप्पी, कुशल मल्ल र जोराले एकदमै राम्रो खेल्यो । विशेष गरी अभिनाश बोहराले कमब्यायक गर्यो । त्यो हाम्रो लागि खुसीको कुरा थियो । दीपेन्द्रले ९ बलमा ५० बनायो । मल्लले ब्याटिङ गर्यो त्यो फरक थियो हाम्रो लागी’, सोमपालले एसियाड अनुभव भने ।

विकेट सहज नभएको सोमपाल बताउँछन् । ‘त्यो विकेट सहज थिएन । हाम्रो ब्याटरले एकदमै राम्रो खेल्यो । अभिनाशले बलिङ राम्रो गर्यो । भारतसँग १ सय ८० सम्म रोक्न सके यो मैदानमा पूरा गर्न सक्छौं भन्नेमा हामी स्पष्ट थियौं । १०/२० रन बढी बन्यो । त्यसले गर्दा नतिजा हाम्रो पक्षमा आएन’, सोमपालले भने ।

त्यसैमा उनले थपे, ‘गलत समयमा पनि हाम्रो विकेट गुम्यो । पक्कैपनि एकदमै अनुभवी खेलाडी थिए । उनीहरु डे क्रिकेट खेल्छ । उनीहरुको स्पिनरमा रन बनाउन सकिएन । उनीहरुको स्पिनरहरुले एकदमै राम्रो गरे । हामी स्पिनरलाई धेरै राम्रो खेल्छौं । तर त्यो विकेटमा गएर खेल्न सकिएन ।’

पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । यशस्वी जैसवालले १ सय रनको शतकीय इनिङ खेलेका थिए । उक्त विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल २९, कुशल भुर्तेल २८ र सन्दीप जोरा २९ रनमा आउट भएका थिए । नेपाल २३ रनले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । एक महिना अघि नेपालले एसिया कप खेल्दै भारतसँग १० विकेटले पराजित भएको थियो ।

सोमपाल नेपाल भारत भन्दा एक दुई स्टेप मात्रै तल भएको बताउँछन् । यदि भारतसँग पाँच खेल खेलेको खण्डमा तीन खेलमा हराउन सक्ने दाबी पनि गर्दछन् ।

‘एसिया कप र एसियाडमा भारतसँग खेल्दा मलाई के अनुभव हुन्छ भने हामी भारत भन्दा एक दुई स्टेप मात्रै तल हौं । यस्तै खेल खेलि राखौं भने । राम्रो टोलीसँग खेल्यौं भने । भारतको यो टिमसँग पाँच खेल खेलेको भए टक्कर दिन्थौं होला । तीन खेल जित्न पनि सक्थ्यौं । ट्रफी हाम्रो पक्षमा आउन सक्थ्यो । आशा गरौं यस्तो प्रतियोगिता अझै हुन्’, उनले भने ।

सोमपाल टोलीले हरेक खेलमा सिकी राखेको बताउँछन् । ‘जहाँ हामी भारत, रणजी टोली टोलीसँग खेल्न पायौं भने भविष्यमा धेरै राम्रो नतिजा आउँछ, सिकी राखेका छौं । हरेक दिन कहि न कहि सुधार भएको थियो । ग्राउन्ड सानो भएपनि रन बनाउन एकदमै गाह्रो थियो । हाम्रो ब्याटरले धेरै राम्रो गरे । त्यो मुलपानी भन्दा पनि कठिन विकेट थियो ।’

सोमपाल एसियाडमा गोल्ड जित्न नसकेपनि एक महिनापछि घरेलु मैदानमा हुने टि२० क्वालिफायर जित्दै विश्वकपमा पुगेर खुसी दिने बताउँछन् ।

‘हामी हरेक दिन मेडल चेक गर्दा हाम्रो नाम नै थिएन । हरेक दिन खाना र नास्ता गर्न जादा कसले कति मेडल जित्यो भन्दा हाम्रो नाम नै थिएन । हामी नेपाललाई गोल्ड लगेर जान्छौं । हामीले गोल्ड नै सोचेका थियौं । हाम्रो प्रयास पनि त्यहिँ थियो । कहि न काहिँ १०/२० रन बढी बन्दा हाम्रो हातमा नतिजा ल्याउन सकिएन । मलाई आशा छ कि विश्वकप खेलेर नेपाललाई स्वर्ण दिनेछौं ।’

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.