2 years ago
October 8, 2023
एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा आफ्नो पहिलो खेलमा घरेलु टोली भारतका तीन ब्याटरलाई शून्यमा आउट गर्दै सानदार सुरुवात गरेको छ ।

तीव्र गतिका बलर मिचेल स्टार्कको पहिलो ओभरको चौथो बल सर्ट खेल्ने धुनमा ओपनर ईशान किशन स्लिपमा क्यामरन ग्रीनबाट क्याच हुन पुगे । किशन गोल्डेन डक आउट भएका थिए ।
जोश हेजलवुडले दोस्रो ओभरको तेस्रो बलमा भारतीय कप्तान रोहित शर्मालाई शून्यमा पेभेलिएन फर्काएका छन् । रोहित शर्मा ६ बल खेल्दा खाता नखोली एलबीडब्लू आउट भएका हुन् । रिभ्यु लिएपनि उनी सफल हुन सकेनन् । यसै ओभरको अन्तिम बलमा श्रेयस ऐर सर्ट खेल्ने धुनमा सर्ट कभरमा डेविड वार्नरबाट शून्यमा क्याच आउट भए ।
जितको लागि २ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले २ ओभरमा ३ विकेट गुमाउँदै २ रन बनाएको छ ।
त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.३ ओभरमा १ सय ९९ रनमा अल आउट भएको थियो ।
अष्ट्रेलियाका स्टिभ स्मिथले ७१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै ओपनर डेविड वार्नरले ५२ बलमा ६ चौकासहित ४१ रन बनाएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]