2 years ago
October 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने यु १८ प्रिमियर कप खेल्न नेपाली युवा टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । प्रिमियर कप १२ अक्टोबर देखि २४ सम्म मलेसियामा हुँदैछ ।

नेपाल समूह ए मा बहराइन, साउदी अरेबिया र इरानसँग छ । समूह बी मा युएई, ओमान, कतार र चीन छन् । समूह सी मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् । समूह डी मा हङकङ, मलेसिया, इन्डोनएसिया र जापान छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा यू१९ एसिया कप खेल्न पाउनेछन् ।
गत मार्चमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र उपाधि जित्दै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपमा स्थान बनाएको थियो । विश्वकपमा नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड एकै समूहमा छन् । विश्व कप छनोटपछि यू १९ टोली पहिलो प्रतियोगिता खेल्दैछ ।
राखेपका कार्यवहाक सदस्य सचिव सम्राट कुसारी, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनबहादुर सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खड्का, सदस्यहरु दिवाकर घले, सुदीप शर्मालगाायतले सोमबार विदाई गरेका थिए । टोली मंगलबार विहान १०ः३० बजे मलेसियातर्फ जानेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]