2 years ago
October 9, 2023
एजेन्सी – मिचेल सान्टनेरलको उत्कृष्ट बलिङको मद्दतमा न्युजिल्यान्डले भारतमा जारी विश्व कप क्रिकेटमा सोमबार नेदरल्यान्ड्सलाई ९९ रनले हराएको छ ।

३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६.३ ओभरमा सबै विकेट गुमाएर २ सय २३ रन बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि कालिन अर्केमानले अर्धशतक पूरा गरे । स्कट इडवार्डसले ३० र सेब्रान्ड इगिलब्रटले १९ रन जोडे ।
सान्टनेरले १० ओभरमा ५९ रन खर्चेर ५ विकेट लिए । म्याट ह्यारीले ३ र रचिन रविन्द्रले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको पाएको मौकालाई पूरा सदुपयोग गर्ने क्रममा न्युजिल्यान्डले ३ खेलाडीकाो अर्धशतकको मद्दतमा ५० ओभरमाा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो । ओपनर विल योङ, रचिन रविन्द्र र टोम लाथमले अर्धशतक पूरा गरेका थिए ।
अर्का ओपनर डेभोन कनवेसँग योङले पहिलो विकेटका लागि ६७ रन जोडेका थिए । कनवे ३२ रनमा आउट भएका थिए ।योङले भान मेक्रेनको बलमा आउट हुनुअघि ८० बलमा ७ चौका र २ छक्काको मद्दतमा ७० रन बनाएका थिए ।
योङले दोस्रो विकेटका लागि रविन्द्रसँग ७७ रनको साझेदारी गरेका थिए । इङ्ल्यान्डविरुद्धको खेलमा शतक प्रहार गरेका रविन्द्रले भान डेर मेर्वेको बलमा आउट हुनुअघि ५१ बलमा ५१ रननै बनाएका थिए । उनले ३ चौका र १ छक्का प्रहार गरे ।
४८ रन बनाएका डेरी मिचेल भान मिकिरेनको शिकार भए । आर्यन दत्तको बलमा आउट भएका लाथमले ४६ बलमा ६ चौका र १ छक्काासहित ५३ रन बनाए । मिचेल सान्टनेर अविजित ३६ र म्याट हेन्री अविजित १० रनमा रहे ।
नेदरल्यान्ड्का लागि दत्त, मिकिरेन र डेर मेर्वेले समान २ विकेट र बास डे लिडेले १ विकेट लिए । नेदरल्यान्ड्ले पहिलो खेलमा हार बेहोरेको थियो । न्युजिल्यान्डले लगातार दुई खेल जित्दा नेदरल्यान्ड्सले भने दुबै खेल गुमाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]