2 years ago
October 10, 2023
एजेन्सी – आइसीसी विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेश सामु ३ सय ६५ रनको विशाल लक्ष्य पेश गरेको छ।

प कोहिलो इनिङमा ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाई ३ सय ६४ रन बनाएको हो।
इंग्ल्याण्डका लागि डेविड मलानले शतकीय पारी खेले। उनले १ सय ७ बलमा १६ चौका र पाँच छक्का सहित १ सय ४० रन बनाएका हुन्। यस्तै जो रुटले ८ चौका र एक छक्का सहित ६८ बलमा ८० रन बनाए।
ओपनर जोन्नी बेरस्टोले ५९ बलमा आठ चौका सहित ५२ रन बनाए। यस्तै कप्तान जोस बटलर र ह्यारी ब्रूकले समान २० रन बनाए। स्याम करनले ११, क्रिस ओक्सले १४, आदील रशिदले ११ बनाउँदा मार्क वुड र रिस टोपली क्रमसः ६ र १ रनमा अविजित रहे।
बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ४ विकट लिए। उनले ८ ओभरमा ७१ रन खर्चिए ४ विकेट लिएका हुन्। सोरीफुल इस्लामले १० ओभरमा ८५ रन दिएर ३ विकट लिए । तस्किन अहमद र शकीब अल हसनले समान १ विकट लिए।
विश्वकपको पहिलो खेलमा इंग्ल्याण्ड न्युजिल्यान्ड सँग पराजित हुँदा बंगलादेशले अफगानिस्तानलाई हराएको थियो।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]