default_image

2 years ago

October 10, 2023

इंग्ल्यान्डसँग बंगलादेशको हार

1408 views

0 Bookmark

एजेन्सी – विश्व कप क्रिकेटमा इंग्ल्यान्डले पहिलो खेल जितेको छ । भारतमा जारी विश्व कपमा मंगलबार बंगलादेशलाई १ सय ३७ रनको फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्डले दोस्रो खेलमा पहिलो जित दर्ता गरेको हो । ३ सय ६५ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय २७ सिति भएको थियो ।

बंगलादेशका लागि ओपनर लिटन दासले सर्वाधिक ७६ रन बनाए । उनले ६६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । मुष्फिकर रहिमले ६४ बलमा ५१ रन जोडे । उनले ४ चौका हाने । यस्तै टाउहिद हृडोयले ६१ बलमा ३९ रन बनाए । तास्किन अहमदले २५ बलमा एक छक्का सहित १५ रन जाडे ।

महेदी हसनले ३२ बलमा १४ रन बनाउँदा सोरीफुल इस्लाम १२ रनमा आउट भए । मेहेदी हसन मिराजले ८ रन मात्र बनाउन सके । कप्तान सकिव अल हसनले १ रनमा आउट भए । ओपनर शान्टोले खाता खोल्न सकेनन् भने मुस्ताफिजुर रहमान ३ रनमा अविजित रहे।

इंग्ल्याण्डका लागि रिस टोप्लीले १० ओभरमा ४३ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । क्रिस वोक्सले २ तथा स्याम करन, मार्क वुड, आदिल रशिद र लियाम लिभिङस्टोनले समान १ विकेट लिए ।

पहिलो इनिङमा ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाई ३ सय ६४ रन बनाएको हो। इंग्ल्याण्डका लागि डेविड मलानले शतकीय पारी खेले। उनले १ सय ७ बलमा १६ चौका र पाँच छक्का सहित १ सय ४० रन बनाएका हुन् । जो रुटले ८ चौका र एक छक्का सहित ६८ बलमा ८० रन बनाए ।

ओपनर जोन्नी बेरस्टोले ५९ बलमा ८ चौका सहित ५२ रन बनाए । यस्तै कप्तान जोस बटलर र ह्यारी ब्रूकले समान २० रन जाडे । स्याम करनले ११, क्रिस ओक्सले १४, आदिल रशिदले ११ बनाउँदा मार्क वुड ६ र रिस टोपली १ रनमा अविजित रहे ।
बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ४ विकट लिए । सोरीफुल इस्लामले ३ तथा तस्किन अहमद र शकिब अल हसनले समान १ विकट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.