default_image

2 years ago

October 11, 2023

खेलकुद समितीद्वारा सिन्धुपाल्चोक क्रिकेट संघलाई सामाग्री हस्तान्तरण

277 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला खेलकुद समितिले सिन्धुपाल्चोक क्रिकेट संघलाई सामाग्री हस्तान्तरण गरेको छ । पछिल्लो केहि वर्षयता निरन्तर सक्रिय भएपछि क्रिकेट संघलाई खेलकुद समितिले क्रिकेट सामाग्री हस्तान्तरण गरेकोा हो ।

समितिका अध्यक्ष सुरेश रानाले क्रिकेट संघ जिल्लाका अध्यक्ष विजय धिताललाई एक कार्यक्रमकाबीच सामाग्री हस्तान्तरण गरेका हुन् । क्रिकेट संघले हरेक वर्ष जिल्लास्तरिय क्रिकेट आयोजना गर्नुको साथै उदाहरणीय रुपमा एक स्थानिय तह दुई खेलाडीलाई विशेष प्रशिक्षणको लागि भारत पठाउँदै आएको छ ।

आधा दर्जन खेलाडीलाई स्थानियतहसँग समन्वय गर्दै भारतमा प्रशिक्षण गराई सकेकोछ । केहि युवा खेलाडीलाई पठाउने तयारी गरेको छ । त्यस्तै जिल्लास्तरिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र सम्भावना बोकेका युवा खेलाडीलाई काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा निशुल्क प्रशिक्षण समेत गराउँदै आएको छ ।

उक्त कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष तथा चौतारा सांगाचोकगढी नगरपालिका खेल्कुद प्रमुख अमृतमान श्रेष्ठले जिल्लामा क्रिकेटको गतिविधि निरन्तर हुँदा खुसी ब्यक्त गरेका थिए ।

‘जिल्ला खेलकुद समितीले पहिलो पटक क्रिकेटलाई खेलुकुद सामाग्री वितरण गरेकोमा खुशी लागेको छ । क्रिकेटलाई अको स्तरमा पुर्याउन हौसला प्राप्त भएको छ । स्थानिय सरकार र सबै मिलेर जिल्ला क्रिकेटलाई माथि पुर्याउनु पर्छ’, संघका अध्यक्ष विजय धितालले भने ।

यस्ता कार्यक्रमले नयाँ तथा युवा खेलाडी उत्पादनमा सहयोग पुग्ने जिल्ला क्रिकेट संघका कोषाध्यक्ष राजु सापकोटाले बताए । उक्त कार्यक्रममा जिल्लाको विभिन्न संघका पदाधिकारीहरुको उपस्थिति थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.