default_image

2 years ago

October 11, 2023

भारतको ब्याटिङ सामु अफगानी स्पिनको परिक्षा

2444 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा आज घरेलु टोली भारतले अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २: १५ मा अरुण जेट्ली स्टेडियम दिल्लीमा सुरु हुनेछ ।

पहिलो खेलमा अष्ट्रेलियालाई हराएको भारतको मनोबल उच्च छ । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले ३–२ को अवस्थाबाट पूरा गरेको थियो । विराट कोहलीले ८५ र लोकेश राहुलले ९७ रन बनाएका थिए ।

भारतको ब्याटिङ लाइनअप उत्कृष्ट छ । ओपनर शुभमन गिल डेग्रीको कारण आजको खेल पनि गुमाउनेछन् । पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध शून्यमा आउट भएका रोहित शर्मा, ईशान किशन र श्रेयस ऐरबाट आजको खेलमा सानदार प्रदर्शन चाहन्छ । शनिबार पाकिस्तानसँग खेल्नेछ ।

पाकिस्तानसँग खेल्नुअघि यी तीन ब्याटरबाट राम्रो प्रदर्शन चाहन्छ । पाकिस्तान भने श्रीलंकाले दिएको ३ सय ४५ रन पूरा गर्दै उच्च मनोबलका साथ अहमदाबाद भारतसँग खेल्न जाने भएको छ ।

भारतका कोहली प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । चोटपछि टोलीमा फर्किएका राहुलले पनि सानदार प्रदर्शन गर्दै आएका छन् । तल्लोक्रममा हार्दिक पान्ड्या र रविन्द्र जडेजा हुनेछन् । दिल्लीको पिच हुँदा रविन्द्रन आश्विन, रविन्द्र जडेजा र कुलदीप यादव स्पिनरको रुपमा निरन्तरता पाउनेछन् ।

दिल्लीको बाउन्ड्री छोटो छ । त्यसैको फाइदा उठाउँदै दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ४ सय २८ रन बनाएको थियो । उक्त विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ४४.५ ओभरमा ३ सय २६ रन बनाएको थियो ।

आजको खेलमा पनि रनको वर्षा हुनसक्छ । तर दिल्लीको पिच स्पिनर सहयोगी मानिन्छ । स्पिन आक्रामण अफगानिस्तानको यस विश्वकपकै एक उत्कृष्ट पर्दछ । विश्व क्रिकेटका स्टार लेगस्पिनर राशिद खान, मोहम्मद नाबी र मुजिब उर रहमानको स्पिन आक्रामण खेल्न भारतीय ब्याटरलाई सहज भने पक्कै छैन ।

अफगानिस्तानले भने थप स्पिनर थप्नसक्छ । आइपिएल खेलि सकेका नुर अहमदका साथ चार स्पिनर खेलाउन सक्छ । दिल्लीको पिच स्पिनर सहयोगी हुँदा चार स्पिनरका साथ खेल्ने सम्भावना छ । नविन उल हक र आजमतुल्लाह ओमरजाई मध्य एकलाई बेन्चमा राख्न सक्छ ।

अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानमा अफगानिस्तानको ब्याटिङ निर्भर छ । यी दुई ब्याटरको प्रदर्शनमा अफगानिस्तानको योगफल निर्भर हुनसक्छ ।

बंगलादेशविरुद्ध ८३–१ को अवस्थाबाट १ सय ५६ रनमा अल आउट भएको थियो । गुरबाजको ब्याटिङ निकै महत्वपूर्ण हुनेछ ।

भारतले आजको खेलमा टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । अष्ट्रेलियासँगको टोलीलाई नै निरन्तरता दिने देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.