default_image

2 years ago

October 11, 2023

भारतलाई अफगानिस्तानको प्रतिस्पर्धात्मक लक्ष्य

2389 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतलाई २ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनायो ।

अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले ८८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए । त्यस्तै आजमतुल्लाह ओमरजाईले ६९ बलमा २ चौका र ४ छक्कासहित ६२ रनको योगदान दिए । चौथो विकेटका लागि शाहिदी र ओमरजाईले १ सय २१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

ओपनर रहमाउल्लाह गुरबाज २८ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा आउट भए । अर्का ओपनर इब्राहिम जद्रान २८ बलमा ४ चौकासहित २२ रनमा आउट भए ।

रहमात शाह १६, मोहम्मद नाबी १९, नाजिबउल्लाह जद्रान २, राशिद खान १६, मुजिब उररहमान १० र नविन उल हकले ९ रन बनाए ।

भारतका तीव्र गतिका बलर जस्प्रित बुमराहले १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पान्ड्याले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर र कुलदीप यादवले १(१ विकेट लिए । मोहम्मद शिराजले ९ ओभरमा ७६ रन खर्चिदा विकेट लिन सकेनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.