2 years ago
October 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले यू१९ एसिसी प्रिमियर कप २०२३ मा आफ्नो पहिलो खेलमा इरानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको वाइएसडी युकेएम ओभल बांगीमा भएको इरानले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन् ।
भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भएका छन् । एसिया कप यू१९ विश्वकप अघिको तयारी हो । विश्वकप २०२४ जनवरीमा श्रीलंकामा हुनेछ । नेपालले पनि उक्त विश्वकप खेल्नेछ । विश्वकपमा नेपालको समूहमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान छन् ।
नेपालको प्लेइङ ११ – देव खनाल(कप्तान), दिपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे(विकेटकिपर), आकाश चन्द, दीपेश कंडेल, दीपक बोहरा, सुवास भण्डारी, मिलन बोहरा र हेमन्त धामी ।
यू१९ प्रिमियर कपमा समूह :
समूह ए – नेपाल, बहराइन, साउदी अरेविया र इरान ।
समूह बी – युएई, ओमान, कतार र चीन ।
समूह सी – सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स ।
समूह डी – हङकङ, मलेसिया जापान र इन्डोनएसिया ।
खेल – खेल ५० ओभरको हुनेछ ।
प्रयितोगिता बारे थप जानकारी : यू-१९ प्रिमियर कप : नेपालको खेल तालिका, लाइभ र समयको बारे जानकारी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]