2 years ago
October 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यू१९ एसिसी प्रिमियर कपमा इरानविरुद्ध मध्यम सुरुवात गरेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ९ ओभरमा २ विकेट गुमाउँदै ५१ रन बनाएको छ ।
दीपक बोहरा २७ बलमा २ चौकासहित २० रनमा क्रिजमा छन् । देव खनाल १७ बलमा २ चौका र १ छक्कासहित २२ रनमा नटआउट छन् । तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरि सकेका छन् ।
नेपालले दोस्रो बलमै ओपनर तथा भरपर्दा ब्याटर अर्जुन कुमाललाई शून्यमा गुमाएको थियो । दद्रहमान राइसीको दोस्रो बलमै अर्सलान शेखबाट क्याच आउट भएका हुन् । उनले खेलेको पहिलो बलमै आउट भएका थिए । आकाश त्रिपाठी ९ बलमा ३ रन बनाउँदै राइसीको बलमा एलबीडब्लू आउट भए ।
नेपाल एक समय ४.१ ओभरमा १०-२ को अवस्थामा थियो । तर देव खनाल र दीपक बोहराले नेपाललाई खेलमा फर्काएका छन् । नेपालले ओपनरलाई सस्तैमा गुमाएपनि देव खनाल र दीपक बोहराले खेलमा फर्काउदै बलियो योगफलको सम्भावना देखाएका छन् ।
नेपालको प्लेइङ ११ – देव खनाल(कप्तान), दिपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे(विकेटकिपर), आकाश चन्द, दीपेश कंडेल, दीपक बोहरा, सुवास भण्डारी, मिलन बोहरा र हेमन्त धामी ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]