default_image

2 years ago

October 12, 2023

अष्ट्रेलियासँग दक्षिण अफ्रिकाको असली परिक्षा

903 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा आज दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा लखनऊमा सुरु हुनेछ । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई १ सय २ रनले हराएको थियो ।

अष्ट्रेलिया पहिलो खेलमा घरेलु टोली भारतसँग ६ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकाले तीन शतकका साथ श्रीलंकाविरुद्ध ४ सय २८ रन बनाएको थियो । विश्वकपमा पहिलो पटक एकै इनिङमा तीन शतक हान्नुको साथै सर्वाधिक ठूलो योगफल बनाएको थियो ।

उक्त खेलमा क्विन्टन डि कक १ सय, रास्सी भान डर डुसेन १ सय ८ र एडेन माक्ररम १ सय ६ रनमा आउट भएका थिए । माक्ररमले विश्वकप इतिहासकै सर्वाधिक छिटो ४९ बलमा शतक हानेका थिए ।

दक्षिण अफ्रिका ब्याटिङ लाइनप उत्कृष्ट छ । हेनरिक क्लासेन र डेविड मिलर जस्ता विष्फोटक ब्याटर तल्लोक्रममा छन् । कप्तान टेम्बा बभुमाबाट राम्रो प्रदर्शन चाहन्छ । तर दक्षिण अफ्रिका ब्याटिङको असली परिक्षा भने अष्ट्रेलिया बलरसँग हुनेछ ।

अष्ट्रेलियासँग प्याट कमिन्स, जोश हेजलवुड र मिचेल स्टार्क जस्ता तीन विश्वस्तरिय बलर छन् । भारतलाई सुरुवातमा अष्ट्रेलियाले ३–२ को दयनीय अवस्थामा पुर्याएको थियो । तर १ सय ९९ रन मात्रै बनाएको हुँदा त्यो जितको लागि पर्याप्त थिएन ।

अष्ट्रेलिया विश्वस्तरिय बलिङ आक्रामण सामु दक्षिण अफ्रिका उत्कृष्ट ब्याटिङक्रम खेलमा हेर्न लायक हुनेछ । अष्ट्रेलिया ब्याटिङ उत्कृष्ट छ । स्टिभ स्मिथ, मार्नस लाबुसेन, डेविड वार्नर र मिचेल मार्श जस्ता ब्याटर छन् ।

यी चार मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । एलेक्स केरी, क्यामरन ग्रीन र ग्लेन म्याक्सवेलले तल्लोक्रम सम्हाल्नुपर्ने हुन्छ । एडम जाम्पाको लय पछिल्लो समय त्यति राम्रो छैन ।

प्रमुख स्पिनर जाम्पाबाट टोली उच्च प्रदर्शनको अपेक्षा राख्नेछ । विश्वकपमा यी दुई देशबीच ६ खेलमा भएको छ । दक्षिण अफ्रिका २ खेलमा जित, ३ खेलमा पराजित र १ खेल टाई भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.