2 years ago
October 12, 2023
एजेन्सी – कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले यू१९ प्रिमियर कपमा इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको छ । जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमा अल आउट भयो ।

इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए । साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे । अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इरानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामी र आकाश चन्दले दुई दुई विकेट लिए ।
त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो । नेपालको जितमा कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।
देव नेपालबाट यू१९ मा दुई शतक हान्ने पहिलो खेलाडी हुन् । उनले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए ।

ओपनर दीपक बोहरा ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । नेपालको सुरुवात भने राम्रो थिएन । सुरुवाती १० रनमै दुई ब्याटर गुमाएको थियो । तर तेस्रो विकेटका लागि देव र दीपकले १ सय ६६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।
ओपनर अर्जुन कुमाल गोल्डेन डक र आकाश त्रिपाठी ३ रनमै आउट भएका थिए । विकेटकिपर दीपक प्रसाद डुम्रे ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रनमा आउट भए ।
दीपेश कंडेल २२ बलमा ३ चौका र१ छक्कासहित २९, दीपक बोहरा १ र मिलन बोहरा डक आउट भए । तीव्र गतिका बलर आकाश चन्द ११ बलमा ३ चौकासहित १९ रनमा आउट भए । हेमन्त धामी १९ बलमा २ चौका र १ छक्कासहित २३ र सुवास भण्डारी १८ रन बनाए ।
इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।
नेपालको खेल तालिका –
असोज २८ गते (अक्टोबर १५) – नेपालविरुद्ध बहराइन, बायोमास ओभल
कार्तिक २ गते (अक्टोबर १९) – नेपालविरुद्ध साउदी अरेविया, वाईएसडी ओभल
सेमिफाइनल : कार्तिक ५ गते (अक्टोबर २२) ( पहिलो सेमिफाइनल समूह ए र डी को विजेता । दोस्रो सेमिफाइनल समूह बी र सी को विजेता ।
फाइनल – कार्तिक ७ (अक्टोबर २४) सेमिफाइनल विजेता । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने दुई टोली ।
उपाधिका प्रमुख दाबेदार – नेपाल र युएई
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]