2 years ago
October 12, 2023
एजेन्सी – दक्षिण अफ्रिकाका बायाँ हाते ओपनर क्विन्टन डि ककले आइसिसी विश्वकप २०२३ मा लगातार दोस्रो शतक हानेका छन् । डि ककले अष्ट्रेलियाविरुद्ध लखनऊमा शतक हान्दै लगातार दोस्रो शतक हानेका हुन् । डि ककले ९० बलमा अष्ट्रेलियाविरुद्ध शतक पूरा गरेका हुन् । उनको यो ओडिआई करिअरको १९ औं शतक हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ३२ ओभरमा २ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको छ । डि कक १ सय बलमा ८ चौका र ५ छक्कासहित १ सय ७ रनमा नट आउट छन् । एडेन माक्ररम ५ रनमा क्रिजमा छन् ।
यसअघि उनले श्रीलंकाविरुद्ध पनि १ सय रनको शतकीय इनिङ खेलेका थिए । पहिलो विकेटका लागि डि कक र कप्तान टेम्बा बभुमाले १९.४ ओभरमा १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । बभुमा ५५ बलमा २ चौकासहित ३५ रनमा आउट भए । रास्सी भान डर डुसेन ३० बलमा २ चौकासहित २६ रनमा आउट भए ।
दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई १ सय २ रनले हराएको थियो । उक्त खेलमा डि ककसँगै डुसेनले १ सय ८ र माक्ररमले १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । उक्त खेलमा दक्षिण अफ्रिकाले ४ सय २८ रन बनाएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]