default_image

2 years ago

October 12, 2023

डि ककको शतकमा अष्ट्रेलियालाई बलियो लक्ष्य

2248 views

0 Bookmark

एजेन्सी – ओपनर क्विन्टन डि ककको शतकमा दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियालाई ३ सय १२ रनको बलियो लक्ष्य दिएको छ । लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ११ रन बनायो ।

ओपनर डि ककले १ सय ६ बलमा ८ चौका र ५ छक्कासहित १ सय ९ रनको शतकीय इनिङ खेले । उनको यो विश्वकपमा लगातार दोस्रो शतक हो । उनको यो ओडिआई करिअरको १९ औं शतक हो । डि ककले पहिलो खेलमा श्रीलंकाविरुद्ध पनि १ सय रनको शतकीय इनिङ खेलेका थिए । स्पिनर ग्लेन म्याक्सवेलको बलमा उनी बोल्ड आउट भए ।

पहिलो विकेटका लागि डि कक र कप्तान टेम्बा बभुमाले १९.४ ओभरमा १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । बभुमा ५५ बलमा २ चौकासहित ३५ रनमा आउट भए । म्याक्सवेलकै बलमा डेविड वार्नरबाट बभुमा क्याच आउट भएका थिए । रास्सी भान डर डुसेन ३० बलमा २ चौकासहित २६ रनमा आउट भए ।

मध्यक्रमका ब्याटर एडेन माक्ररमले ४४ बलमा ७ चौका र १ छक्कासहित ५६ रनमा आउट भए । माक्ररमले श्रीलंकाविरुद्ध विश्वकप इतिहासकै सर्वाधिक छिटो ४९ बलमा शतक पूरा गरेका थिए । हेनरिक क्लासेन २७ बलमा ३ चौकासहित २९ रनमा आउट भए ।

मार्को यानसन २२ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए । डेविड मिलर १३ बलमा १ चौका र १ छक्कासहित १७ रनमा आउट भए ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ७० रन खर्चेर १ विकेट लिए । मिचेल स्टार्कले ९ ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड र प्याट कमिन्सले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.