default_image

2 years ago

October 12, 2023

अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाको सानदार जित

4045 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियामाथि १ सय ३४ रनको सानदार जित हात पारेको छ । दक्षिण अफ्रिका लगातार दोस्रो जितका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि ३ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४०.५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो । अष्ट्रेलियाका मार्नस लाबुसेनले ७४ बलमा ३ चौकासहित सर्वाधिक ४६ रनको योगदान दिए ।

एक समय ७०–६ को दयनीय अवस्थामा पुगेको अष्ट्रेलियालाई सातौं विकेटका लागि लाबुसेन र मिचेल स्टार्कले ६९ रनको साझेदारी गरेका थिए । स्टार्क ५१ बलमा ३ चौकासहित २७ रनमा आउट भए ।

अष्ट्रेलिया ओपनर डेविड वार्नर र मिचेल मार्शले सुरुवात देखीनै संघर्ष गरेका थिए । तीव्र गतिका बलर मार्को यानसनको बलमा ठूलो सट खेल्ने धुनमा मार्श टेम्बा बभुमाबाट ७ रनमा क्याच आउट भए । लुन्गी एनगिडीको बलमा वार्नर कट खेल्ने धुनमा १३ रनमा क्याच आउट भए ।

स्टिभ स्मिथ १६ बलमा ४ चौकासहित १९ रनमा कागिसो रबाडाको बलमा एलबीडब्लू आउट भए । तर स्मिथको आउट विवादित रह्यो । अम्पायरले सुरुवाती समय आउट नदिएपनि रिभ्यु लिँदै दक्षिण अफ्रिकाले स्मिथलाई आउट गरेका थिए । स्मिथ पनि उक्त आउट भएमा सरप्राइज भएका थिए । उक्त बल लेग साइडको अनुमान गरेपनि लेग स्टम्पमा लाग्न पुगेको थियो ।

रबाडाले जोश इंग्लिसलाई ५ रनमा क्लिन बोल्ड आउट गरे । त्यो समय अष्ट्रेलिया ११.१ ओभरमा ५६-४ को अवस्थामा पुगेको थियो । स्पिनर केशव महाराजको बलमा ग्लेन म्याक्सवेल ३ रनमा कट एण्ड बोल्ड आउट भए । प्याट कमिन्स २२, एडम जाम्पा ११ र जोश हेजलवुडले २ रन बनाए ।

कागिसो रबाडाको १८ औं ओभरको दोस्रो बलमा मार्कस स्टोइनिस ५ रनमा क्विन्टन डि ककबाट क्याच आउट भए । स्टोइनिसको ब्याट नभएको हातको गल्भ्समा लागेर बल गएको थियो । नियम अनुसार उक्त बलमा खेलाडी आउट हुँदैनन् । तर थर्ड अम्पायरले स्टोइनिसलाई आउट दिएका थिए ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले ८ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर ३ विकेट लिए । मार्को यानसन, केशव महाराज र तबरेज शाम्सीले दुई दुई विकेट लिए ।

त्यसअघि लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाको जितमा ओपनर डि ककले १ सय ६ बलमा ८ चौका र ५ छक्कासहित १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए । उनको यो विश्वकपमा लगातार दोस्रो शतक हो ।

उनको यो ओडिआई करिअरको १९ औं शतक हो । डि ककले पहिलो खेलमा श्रीलंकाविरुद्ध पनि १ सय रनको शतकीय इनिङ खेलेका थिए । पहिलो विकेटका लागि डि कक र कप्तान टेम्बा बभुमाले १९.४ ओभरमा १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए ।

बभुमा ५५ बलमा २ चौकासहित ३५ रनमा आउट भएका थिए । रास्सी भान डर डुसेन ३० बलमा २ चौकासहित २६ रनमा आउट भए ।

मध्यक्रमका ब्याटर एडेन माक्ररमले ४४ बलमा ७ चौका र १ छक्कासहित ५६ रनमा आउट भए । हेनरिक क्लासेन २७ बलमा ३ चौकासहित २९ रनमा आउट भए । मार्को यानसन २२ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए । डेविड मिलर १३ बलमा १ चौका र १ छक्कासहित १७ रनमा आउट भए ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ७० रन खर्चेर १ विकेट लिए । मिचेल स्टार्कले ९ ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड र प्याट कमिन्सले एक एक विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई १सय २ रनले हराएको थियो । दक्षिण अफ्रिकाले अव १७ अक्टोबरमा धर्मशालामा नेदरल्यान्ड्ससँग खेलेको थियो । त्यस्तै अष्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित गरेको थियो । अष्ट्रेलियाले अव सोमबार श्रीलंकासँग लखनऊ मैदानमा खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.