default_image

2 years ago

October 13, 2023

नेपाली टोलीबाट आगामी प्रतियोगिता नखेल्ने सन्दीपको घोषणा

9112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टोलीबाट आगामी प्रतियोगिता नखेल्ने जनाएका छन् । सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको बताउँदै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका छन् ।

नेपालले आगामी प्रतियोगिताको रुपमा नेपालले हङकङ र युएईसँग अर्को साता देखी त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । त्रिकोणात्मक सिरिज पछि विश्वकप छनोट खेल्नेछ ।

पछिल्लो समय सन्दीपले नाम फिर्ता लिने बताएपनि अन्तिममा खेल्दै आएका छन् । दुई साताअघि चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद पनि सन्दीपले आफूले नखेल्ने भनेका थिए । तर अन्तिम समयमा उनी खेल्न गएका थिए ।

पछिल्लो समय नेपाली क्रिकेट टोलीले खेल्ने प्रतियोगिता अघि सन्दीपले नखेल्ने घोषणा गर्दै आएका छन् । तर उनले नखेल्ने घोषणा गरेका सबै खेल र प्रतियोगिता भने खेल्दै आएका छन् ।

सन्दीपलाई गतवर्ष भदौमा १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको गम्भीर आरोप लागेको थियो । त्यसैको कारण उनले ९९ हिरासतमा बिताउनु परेको थियो । उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्न आदेश दिएपछि फागुन देखी नेपाली टोलीमा फर्किएका थिए ।

उक्त मुद्धाको अन्तिम फैसला अझै हुन सकेको छैन । सन्दीप पेशी जिल्ला अदालत काठमाडौंमा जारी छ । उनी लगातार पेशी सार्दै नेपाली टोलीबाट खेल्दै आएका छन् । सन्दीपले जीवनको कठिन र चुनौतीपूर्ण समयमा परिवारसँग समय बिताउन चाहेको हुँदा आगमी प्रतियोगिता नखेल्ने निर्णय लिएको बताएका छन् ।

नेपालले आफ्नो पहिलो खेल कार्तिक १ (अक्टोबर १८) मा युएईसँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले कार्तिक २ (अक्टोबर १९) मा हङकङसँग खेल्नेछ । नेपालले कार्तिक ४ (अक्टोबर २१) मा हङकङसँग खेल्नेछ ।

कार्तिक ६(अक्टोबर २३) मा नेपालले युएईसँग खेल्नेछ । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल भने कार्तिक १० (अक्टोबर २७) मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट अघि उक्त सिरिज आयोजना गरेको हो ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.