default_image

2 years ago

October 13, 2023

विलियम्सनको पूनरागमन खेलमा न्युजिल्यान्डको सानदार जित

3530 views

0 Bookmark

एजेन्सी – कप्तान केन विलियम्सनको पूनरागमनसँगै न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा बंगलादेशमाथि ८ विकेटको सहज जित हात पारेको छ । लगातार तेस्रो जितका साथ न्युजिल्यान्ड अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४२.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा डर्याल मिचेल ६७ बलमा ६ चौका र ४ छक्कासहित ८९ रनमा नट आउट रहे । कप्तान केन विलियम्सन १ सय ७ बलमा ८ चौका र १ छक्कासहित ७८ रनमा रिटायर्ड आउट भए ।

विलियम्सन ६ महिनापछि पहिलो पटक टोलीमा फर्किएका हुन् । गत मार्चमा आइपिएल खेल्नेक्रममा उनी घाइते भएपछि लामो समय मैदान बाहिर रहनु परेको थियो । शल्यक्रियापछि फर्किएका विलियम्सनले उत्कृष्ट पूनरागमन गरेका हुन् ।

ओपनर रचिन रविन्द्र ९ रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि डेभन कन्वे र विलियम्सनले ८० रनको साझेदारी गरे । कन्वे ५९ बलमा ३ चौकासहित ४५ रनमा सकिब अल हसनको बलमा एलबीडब्लू आउट भए । तेस्रो विकेटका लागि डर्याल मिचेल र विलियम्सनले १ सय ८ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार बनाएका थिए ।

ग्लेन फिलिप्स ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे । बंगलादेशका सकिब अल हसन र मुश्ताफिजुर रहमानले एक एक विकेट लिए ।

त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । बंगलादेशका मुश्फिकुर रहिमले ७५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन बनाएपनि त्यो जितको लागि पर्याप्त थिएन । त्यस्तै कप्तान सकिब अल हसनले ५१ बलमा ३ चौका र २ छक्कासहित ४० रनमा आउट भए । महमूदुल्लाह रियाद ४९ बलमा २ चौका र २ छक्कासहित ४१ रनमा नट आउट रहे ।

न्युजिल्यान्डको उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामण सामु कुनैपनि बंगलादेशी ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । ओपनर तथा प्रमुख ब्याटर लिटन दास इनिङको पहिलो बलमै क्याच आउट भएका थिए । बोल्टको बलमा उनी म्याट हेनरीबाट क्याच आउट भएका थिए । तानजिद हसन १६, मेहेदी हसन मिराज ३०, नाज्मुल हसन सान्टो ७, तौहिद हृदोय १३ र तस्किन अहमद १७ रनमा आउट भए ।

न्युजिल्यान्डको जितमा लोकी फर्गुसनले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । म्याट हेनरी १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए । ग्लेन फिलिप्स र मिचेल सान्टनारले एक एक विकेट लिए ।

न्युजिल्यान्ड ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा इंग्ल्यान्डलाई ९ विकेट र नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो । अव १८ अक्टोबरमा अफगानिस्तानसँग खेल्नेछ । बंगलादेशको यो दोस्रो हार हो । बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो । इंग्ल्यान्डसँग १ सय ३७ रनले पराजित भएको थियो । बंगलादेशले १९ अक्टोबरमा भारतसँग खेल्नेछ ।

१० टोली सहभागी प्रतियोगिता सिंगल राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछ । दक्षिण अफ्रिका २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । समान दुई खेलमा ४-४ अंक भएपनि भारत तेस्रो र पाकिस्तान चौथो स्थानमा छन् । शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.