default_image

2 years ago

October 14, 2023

विलियम्सन फेरि घाइते

1002 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान केन विलियम्सनले विश्वकपमा लिगका केहि खेलहरु गुमाउने भएका छन् । चोटका कारण साढे ६ महिनापछि टोलीमा फर्किएका उनी पहिलो खेलमै बायाँ हातको बुढी औलामा चोट लाग्न पुगेको थियो ।

गत अप्रिलमा गुजरात टाइटन्सबाट चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा विलियम्सनको बायाँ खुट्टामा घुँडामा चोट लागेको थियो । त्यसैको कारण शल्यक्रिया गर्नुपरेपछि उनी टोलीबाट बाहिरिनु परेको थियो । उनी उक्त चोटपछि शुक्रबार विश्वकपमा बंगलादेशविरुद्ध पहिलो खेल खेलेका थिए ।

तर दुर्भाग्य फर्किएको पहिलो खेलमै बंगलादेशले दिएको २ सय ४६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ३९ औं ओभरमा एक रन लिनेक्रममा फिल्डरले गरेको थ्रो बलले उनको बायाँ हातको बुढी औंलामा चोट लागेको थियो । १ सय ७ बलमा ८ चौका र १ छक्कासहित ७८ रनमा रिटायर्ड हर्ट आउट भएका थिए ।

उनको एक्सरे गरेपछि बुढी औलामा चोट लागेको हो । त्यसैको कारण न्युजिल्यान्ड क्रिकेट बोर्डले उनी अव अर्को महिना उपलब्ध हुने बताएको छ । उनले कम्तिमा चार खेल गुमाउने पक्का छ । न्युजिल्यान्डले १८ अक्टोबरमा अफगानिस्तान, २२ अक्टोबरमा भारत, २९ अक्टोबरमा अष्टे«लिया र १ नोभेम्बरमा दक्षिण अफ्रिकासँग खेल्नेछ । विलियम्सनले यी खेलहरु गुमाउने पक्का छ ।

उनी खेल्न नसक्ने भएपछि न्युजिल्यान्डले टम ब्लन्डेललाई टोलीमा बोलाएको छ । विलियम्सनले विश्वकपमा सुरुवाती दुई खेल इंग्ल्यान्ड र नेदरल्यान्ड्ससँग खेलेका थिएनन् । उक्त खेलमा विल योंग खेलेका थिए ।

विलियम्सन नहुँदा विल योंग खेल्नेछन् । विलियम्सनको तेस्रो स्थानमा रचिन रविन्द्र खेल्ने छन् । उनले तेस्रो नम्बरमा खेल्दै इंग्ल्यान्डविरुद्ध शतक हानेका थिए । न्युजिल्यान्ड ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्डले अव १८ अक्टोबरमा अफगानिस्तानसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.