default_image

2 months ago

October 14, 2023

भारतविरुद्ध पाकिस्तानको राम्रो ब्याटिङ

एजेन्सी – पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतविरुद्ध राम्रो ब्याटिङ सुरुवात गरेको छ ।नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २६ ओभरमा २विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ । बाबर आजम ४८ बलमा ५ चौकासहित ३६ रनमा क्रिजमा छन् । मोहम्मद रिजवान ४६ बलमा ५ चौकासहित ३६ […]

1287 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतविरुद्ध राम्रो ब्याटिङ सुरुवात गरेको छ ।
नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २६ ओभरमा २विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ ।

बाबर आजम ४८ बलमा ५ चौकासहित ३६ रनमा क्रिजमा छन् । मोहम्मद रिजवान ४६ बलमा ५ चौकासहित ३६ रनमा नै खेलेका छन् ।

पाकिस्तानलाई ओपनर इमाम उल हक र अब्दूल्लाह शफिकले ८ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । श्रीलंकाविरुद्धका धतकधारी शफिक भारतविरुद्ध २४ बलमा ३ चौकासहित २० रनमा आउट भए । उनी मोहम्मद शिराजको बलमा एलबीडब्लू आउट भए ।

हक ३८ बलमा ६ चौकासहित ३६ रनमा आउट भए । उनी हार्दिक पान्ड्याको बलमा एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए । त्यो समय पाकिस्तान १२.३ ओभरमा ७३-२ को अवस्थामा थियो । त्यसपछि पाकिस्तानका सर्वाधिक दुई भरपर्दा ब्याटर मोहम्मद रिजवान र बाबर आजमले इनिङ सम्हाल्लेका थिए ।

भारतले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । शुभमन गिल टोलीमा फर्किदा ईशान किशन बेन्चमा छन् । पाकिस्तानले टोलीमा कुनै परिवर्तन गरेको छैन । दुबै टोलीले सुरुवाती दुई खेल जितेका छन् । विश्वकप इतिहासमा भारतले हालसम्म पाकिस्तानसँग हारेको छैन । टि२० आई विश्वकपमा भने भारत २०२१ मा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

November 28, 2023

म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाको रोमान्चक जित

एजेन्सी – ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले तेस्रो टि२० आई सिरिजमा भारतमाथि ५ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २-१ ले पछि छ । जितको लागि २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया मध्यक्रम ब्याटर ग्लेन म्याक्सवेलले ४८ […]

November 28, 2023

गायकवाडको सानदार शतकमा अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी- युवा ओपनर रितुराज गायकवाडको शतकमा भारतले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको विशाल लक्ष्य दिएकोछ । गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनायो । भारतका रितुराज गायकवाड ५७ बलमा १३ चौका र ७ छक्कासहित १ सय २३ रनमा अविजित […]

November 28, 2023

एसिया कपका लागि यू-१९ टोलीमा गुलशनसहित तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट ३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक जगत टमाटाले टोली घोषणा गरेका हुन् । विश्वकप छनोट र प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहोरा र दुर्गेश गुप्ता यसपटक […]

Success

Thank you for your time.