2 years ago
October 14, 2023
एजेन्सी – स्पिनर कुलदीप यादवले एकै ओभरमा दुई विकेट लिएपछि भारत आइसिसी विश्वकप २०२३ मा पाकिस्तानविरुद्ध खेलमा फर्किएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ३३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको छ ।

मोहम्मद रिजवान ६४ बलमा ७ चौकासहित ४८ रनमा क्रिजमा छन् । बाबर ५८ बलमा ७ चौकासहित ५० रनमा आउट भए । बाबरले ५७ बलमा अर्धशतक पूरा गरेका थिए । पाकिस्तानलाई ओपनर इमाम उल हक र अब्दूल्लाह शफिकले ८ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।
श्रीलंकाविरुद्धका धतकधारी शफिक भारतविरुद्ध २४ बलमा ३ चौकासहित २० रनमा आउट भए । उनी मोहम्मद शिराजको बलमा एलबीडब्लू आउट भए ।
हक ३८ बलमा ६ चौकासहित ३६ रनमा आउट भए । उनी हार्दिक पान्ड्याको बलमा एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए ।
त्यो समय पाकिस्तान १२.३ ओभरमा ७३-२ को अवस्थामा थियो । त्यसपछि मोहम्मद रिजवान र बाबर आजमले १ सय ३ बलमा ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । शिराजको ३० औं ओभरको चौथो बलमा बाबर बोल्ड आउट हुन पुगेका थिए ।
साउद शकिल कुलदीप यादवको ३३ औं ओभरको दोस्रो बलमा ६ रनमा एलबीडब्लू आउट भए ।
भारतले रिभ्यु लिँदै उनलाई आउट गरेको थियो । यसै ओभरको अन्तिम बलमा इफ्तिखार अहमद ४ रनमा बोल्ड आउट भए । एकै ओभरमा दुई विकेट गुमाएपछि पाकिस्तान खेलमा केहि दबाबमा परेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]